भगवानमा आस्था राख्नेहरुलाई सीपबाट विश्वास भर्छन् विराटनगरका मुर्तीकार महतो

भगवानमा आस्था राख्नेहरुलाई सीपबाट विश्वास भर्छन् विराटनगरका मुर्तीकार महतो

इन्दु साह
विराटनगर । वितग ४० वर्षदेखि मुर्ती बनाउने कलालाई पेसा बनाउँदै आएका ७२ वर्षीय दिनेशचन्द्र महतो अहिले व्यस्त छन् । विराटनगर बरगाछी पश्चिम लागेपछि दुर्गाचौक पुग्नु अगावै उनको सीप खेलाउने केन्द्र छ । जया माँ काली मुर्ती कला केन्द्र भित्र हिउँदको कठ्याङग्रिदो जाडोमा महतो सरस्वती माताको मुर्ती उभ्याई रहेका छन् ।

उनको यो काम तीन महिनायता निरन्तर छ । चाडपर्व र तिथीमिती हेरेर उनी सीपसँग खेल्छन् । आस्था हुनेहरुलाई विश्वास भर्ने गरि भगवान उभ्याउँछन् । निरन्तर पसिनासँगै सीप खेलाएर उभ्याएका भगवानहरुलाई उनी रङ्ग भरेर आकर्षक बनाउँछन् । सीपले उभ्याएका मुर्तीलाई रङ्गले जीवन्नता भरिदिएपछि आस्था राख्नेहरुले भगवानको रुपमा पुज्छन् र आफ्नो मनोकांक्षा पुरा गरिदिन आग्रह गर्दछन् । त्यति मात्रै नभई आफ्नो अगाडी उभिएका भगवान् साक्क्षात हुन् भनेर पुकार्ने गर्दछन् ।

‘तीन महिनादेखि लगातार सरस्वतीको मुर्ती बनाईरहेको छु’ मुर्तीकार महतोले भने–हातमा भएको सीपले उभ्याएको मुर्तीले ४० वर्षदेखि भरोसा दिईरहेको छ । उनले कसैले आस्था बोक्दा कसैको सीप चल्ने गरेको बताए । सीपसँग खेल्ने बानी परेका उनलाई भगवानका मुर्तीले नै भरोसा दिईरहेका छन् । मानौं की उनले भगवान उभ्याएर नै सफलता पाईरहेका हुन् ।

सरस्वती पुजा आगामी फागुन २ गते छ । उनको अहिलेको ध्यान सरस्वती पुजा केन्द्रीत छ । त्यसपछि राम नवमी, कृष्ण अष्टमी, विश्वकर्मा पुजा, दुर्गा पुजा, लक्ष्मी पुजा, छैठ पुजा जस्ता धेरै भगवानका लागि उनी सीपसँग खेल्ने गर्दछन् । बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म उनी माटोसँग खेल्छन् र जीवन धान्ने मेसो समाल्छन् । एउटा पर्व आउँदा उनको ५० वटासम्म ठुला मुर्ती बिक्री हुने गरेको छ । उनीसँग चार जना सहयोगी मुर्तीकार पनि छन् । साना र ठुला मुर्ती बनाएर उनले आफ्नो र सहयोगीहरुको पारिश्रमिक निकाल्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्