विराटनगर महानगरद्वारा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण

<span class='c1'>विराटनगर महानगरद्वारा ज्येष्ठ नागरिकलाई</span> <span class='c2'>फाइबर सिरक वितरण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

विराटनगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिनुभयो । कार्यक्रममा मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहलगायतले सिरक वितरण गर्नुभएको थियो । सो अवसरमा मेयर कोइरालाले दक्षिणी क्षेत्रको विकासमा महानगरपालिकाले ध्यान दिइरहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडासचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेतलगायतको उपस्थिति रहेको थियो । अत्यधिक चिसो बढेपछि वडा कार्यालयले ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्