विराटनगर । विराटनगरमा रहेको न्युरो हस्पिटलले भारतको अयोध्या रामको नयाँ रुपको मुर्तिको प्राणप्रतिष्ठा गर्ने दिन भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएको छ ।
भारतमा आगामी जवनरी २२ अर्थात माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ । यसै विषयमा बुधबार न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले एक कार्यक्रम गरी विराटनगरमा पनि सोही दिन भव्य रुपमा विभिन्न संघसस्थाहरु विचको समन्वयमा दीप प्रज्वलन गर्ने जनाएको छ ।
न्युरो हस्पिटलले लक्ष्मी नारायण मन्दिरका वटुकाको स्वस्तीवाचनसँगै साँस्कृतिक नृत्य गरी कार्यक्रमको हुने बारे जानकारी गराएको थियो ।
भगवान रामको नयाँ स्वरुपको प्राण प्रतिष्ठाप्रति एक्यवद्धता जनाउनको लागि हस्पिटल लगायत यहाँका विभिन्न धार्मिक संघ सस्थाहरु मिलेर माघ ८ गते बंग्लामुखी मन्दिर परिसरमा सामुहिक भजन किर्तन गरी दीप प्रज्वलन गरिने न्युरो हस्पिटलका अध्यक्ष डा विरेन्द्र विष्टले जानकारी दिए ।
प्राण प्रतिष्ठाको दिन विराटनगरमा रहेको हिन्दु स्वयंसेवक संघ नेपाल, तथा झिः पुच विराटनगर, न्युरो बंग्लामुखि सोसाईटी, ब्रह्मकुमारी राजयोग केन्द्र र स्थानीयलाई समेटेर कार्यक्रम गर्न लागिएको विष्टले जानकारी दिए ।
नेपाल र भारतबीच परापुर्वक कालदेखी धार्मिक ,साँस्कृतिक भौगोलिक रुपमा निकट सम्बन्ध रहेको र अयोध्यामा हुने राम मुर्तिको प्राणप्रतिष्ठा दिन विराटनगरमा पनि दीप प्रज्वलन गर्नाले एक प्रकारको छुटै सम्बन्ध स्थापित गराउने डा विष्टले विश्वास व्यक्त गरे ।