विराट गोल्डकपको आठौं संस्करण फागुन–चैतमा

विराट गोल्डकपको आठौं संस्करण फागुन–चैतमा

विराटनगर । विराट गोल्डकपको आठौं संस्करणका लागि प्रारम्भिक छलफल सुरु गरिएको छ । विराट गोल्डकप ट्रष्टको आगामी माघ १५ गते अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको लागि ढोका खोलिने भएको हो ।

विराट गोल्डकपको सातौं संस्करणसँगै ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले वरिष्ठ उपाध्यक्ष किशोर शाहीलाई कार्यवहाक तोकेका थिए । तर, उनी कुनै कारणले बाहिर रहेका बेलालाई मात्रै दिएको थिए । अब विधिवत रुपमा ट्रष्टको अधिवेशनबाट नेतृत्वको चयन हुने प्रक्रियामा जान लागेको वरिष्ठ उपाध्यक्ष शाहीले बताए । उनले आगामी माघ १५ गतेको अधिवेशले फागुनको दोस्रो सातासम्म गोल्डकपको तयारी थाल्ने गरि मिति तय गर्ने जानकारी दिएका हुन् ।

२०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट विराटनगरमा फुटबल प्रतियोगिता हुँदै आएको थियो । गणतन्त्र स्थापनासँगै २०६७ सालमा यसको नामसहित विधान मस्यौदा गरिएको थियो । त्यसपछि २०६७ सालदेखि विराट गोल्डकप ट्रष्टको नाममा प्रतियोगिता सुरु हुन थालेको थियो । गत सिजनको सातौं संस्करणको नेतृत्व विराटनगर महानगरपालिकाले लिएको थियो ।

महेन्द्र गोल्डकपको रुपान्तरण विराट गोल्डकपमा रुपान्तरण भईकन ०६७ सालमा पहिलोपटक भीम कुँवरलाई अध्यक्षसहित गोल्डकप हाँक्ने अवसर दिइएको थियो । कुँवरले दुई कार्यकाल गोल्डकप अघि बढाएपछि शिवभक्त जोशी र हाल सन्तोष बानियाँलाई आपसी सहमतिमा जिम्मेवारीमा छन्। ट्रष्टको नेतृत्वले विराट गोल्डकपका लागि संयोजन गर्ने जिम्मेवारी हालसम्म अरुलाई दिदैं आएको छ । आगामी माघ १५ गते हुने अधिवेशनले निर्वाचित गर्ने नयाँ नेतृत्वले कसरी गर्छ भन्ने यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्