कोशीमा मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति, कसको कति ?

कोशीमा मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति, कसको कति ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगा र विराटनगरमा गरी ७ स्थानमा घडेरी रहेको देखाएका छन् । जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ । यस्तै मुख्यमन्त्री कार्कीको परिवारमा विवाह, उपहार र खरिद गरिएको २५ तोला सुन र ८० तोला चाँदी रहेको समेत उल्लेख छ ।

श्रीमती शान्तादेवी बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । उक्त रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरेको उल्लेख छ । यस्तै विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । यस्तै उनको श्रीमती बस्नेतको नाममा ३ लाख १ हजारको एक थान स्कुटर मात्रै रहेको उल्लेख गरेका छन् ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको इलामको रोङ गाउँपालिकाको ६ र ४ नम्बरमा पाँच स्थानमा जग्गा रहेको उल्लेख छ । १० तोला सुन रहेको उल्लेख छ । बैंक मौज्जात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको उल्लेख छ । यस्तै उनले अलैंची खेती तथा नर्सरी र बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालन गरिरहेको उल्लेख छ ।

भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ १, फालुलुङ २, झापाको दुवागडी मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको उल्लेख छ । यस्तै उनले साढे ११ तोला सुन र १५ तोला चाँदी रहेको देखाएका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको उल्लेख छ । उनले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा दुहुना गाई १ वटा, हल गोरु १ र खसी १ वटा रहेको उल्लेख गरेका छन् ।

वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीको भने श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्टा ५ धुर तथा सुनसरीको इटहरी १० मा ११ धुर जग्गा रहेको उल्लेख छ । यस्तै १० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख छ । यस्तै विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४५० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । उनको एउटा हण्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर रहेको विवरणमा उल्लेख छ । यस्तै उनले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्