विराटनगरको सेन्ट जोसेफ स्कुलमा भोलिदेखि फ्युजन कार्यक्रम हुने

विराटनगरको सेन्ट जोसेफ स्कुलमा भोलिदेखि फ्युजन कार्यक्रम हुने

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा दुई दिने फ्युजन (मेला तथा प्रर्दशनी) कार्यक्रम आयोजना हुने भएको छ ।

स्कुलले फ्युजन कार्यक्रम भोलि शुक्रबार र पर्सि शनिबार संचालन गर्न लागेको हो । स्कुलका निर्देशक रोहितजंग थपलियाले हरेक वर्ष संचालन हुँदै आएको फ्युजन कार्यक्रमको यो आठौं संस्करण भएको जानकारी दिए ।

उनले यस कार्यक्रममा स्कुलमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रमसहित हस्तकला र विज्ञान प्रर्दशनी गर्ने बताए । उनले कार्यक्रमको मुख्य आकर्षणमा हन्टेड हाउस, स्केप रुम र डीजे रहेको बताए । कार्यक्रममा कार्निमल गेम्स, मेहन्दी आर्ट, फ्रेस पेन्टिङ, हेयर ब्रेन्डिङ लगायतका गेमहरू पनि समावेश गरिएको थपलियाले बताए ।

कार्यक्रममा आँगन स्वीट्स, किरन केक, रङ्गोज मःमः, ओक्रा क्याफेलगायतका विभिन्न फुड स्टल समेत रहने थपलियाले जानकारी दिए । उनले यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सर्वाङ्गिण क्षमता प्रस्तुत गर्ने मौका पाउने समेत बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भोलि शुक्रबार बिहान ११ बजे कार्यक्रमको उद्घाटन गर्नेछन् । यो कार्यक्रमसँगसँगै विद्यालयले अभिभावक दिवस पनि मनाउने जनाएको छ । कार्यक्रममा स्कुलका अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न स्कुलका प्रिन्सिपललगायतको उपस्थिति रहने छ । दुईदिनसम्म चल्ने कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्