विराटनगर महानगरपालिकाको न्यायिक समितिमा समेत घरेलु हिंसाका मुद्दा धेरै

<span class='c1'>विराटनगर महानगरपालिकाको न्यायिक समितिमा समेत</span> <span class='c2'>घरेलु हिंसाका मुद्दा धेरै</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, मानाचामल (खानलाउन दिलाई/भराई पाउँ), बाली नोक्सानी, घरवहालका मुद्दा दर्ता हुने गरेका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा समेत घरेलु हिंसाका मुद्दामा न्यायिक समितिमा दर्ता हुने गरेका हुन् ।

माहानगरपालिका कानुन शाखाका प्रमुख अधिवक्ता परमेश्वर नेपालका अनुसार २०८०/८१ मा जम्मा १४५ मुद्दा दर्ता भएका छन्। जसमध्ये८१ वटा मुद्दामा महानगरपालिकाका न्यायिक समितिबाट निर्णय भएका छन् । बाँकी ६४ वटा मुद्दाको केहि पेशी तोकिसकिएको छ ।

विराटनगर महानगरपालिकामा आर्थिक वर्ष २०७९।०८० मा विराटनगर महानगरपालिकामा जम्मा २३७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये २०९ वटा मुद्दा निर्णयमार्फत फस्र्यौट गरेको छ । बाँकी २८ वटाको दायित्व चालु आर्थिक वर्षमा सरिआएको थियो । घरेलु हिंसा, महिला हिंसा, खानलाउन दिलाई/भराईपाउँ, नागरीक्ता ,बच्चाको जन्मदर्ता , बलीनोक्सानी, विवाहादर्ता , बाटो खुलाई पाउँ, सार्वजानीक बाटो मिचेको , जग्गा किचोला , अनधिकृत जग्गा कब्जा गरेको भोगचलन गरेको , मिटरब्याजी , जग्गा खाली गराई पाउँ , लेनदेन, लगायतका मुद्दा माहानगरपालिका पुग्ने गरेका छन् । पछिल्लो समय सहकारीसँग सम्बन्धित मुद्दा पनि आउने गरेका छन् ।

न्यायिक समितिमा आएकामध्य क्षेत्राधिकार भित्रका मुद्दामा छलफल हुने गरेका छन् । जुन मुद्दामा अधिकार क्षेत्र हुँदैन त्यस्तामा पक्ष र बिपक्षलाई राखेर मेलमिलाप गराउने प्रयास हुने गरेको छ । मेलमिलाप हुन नसक्दा जिल्ला अदालतमा पठाउने गरिएको छ ।

स्थानीय संचालन ऐन २०७४ को दफा ४९ को उपदफा ४ बमोजिम न्यायिक समितिले निणर्य सुनाउँछ । नेपाल ऐन संग्रह खण्ड १७ (२०७७) बमोजिम न्यायिक समितिले आली धुर , पैनी, कुलो वा पानीघाटको बाँडफाडँ तथा उपयोग, अर्काको बाली नोक्सानी गरेको ,चरन , घाँस , दाउरा , ज्याला मजदुरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको ,जेष्ठ नागरीक पालनपोषण तथा हेरचाहा नगरेको , नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमत अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको , बार्षिक पच्चिस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा , अन्य ब्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख विरुवा लगाएको , आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजानिक बाटोमा पानि झारेको , सँधियाको जग्गातर्फ झ्याल राखि घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नुनुपर्ने परिणामको जग्गा नछोडि बनाएको , कसैको हक वा स्वमित्वमा भए पनि परापुर्वदेखि सार्वजानिक रुपमा प्रयोग हुदै आएको बाटो , बस्तुभाउ निकाल्ने निकाय ,बस्तुभाउ चराउने चौर,धार्मिक स्थल ,कुलो,नहर , पोखरी,पाटि पौवा, अन्यत्यष्टि स्थल, वा अन्य कुनै सार्वजानिक स्थलको उपयोग,गर्न नदिएको वा वाधा पुर्याएको ,सड्।घिय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेका अन्य विवाद लगायतका विषएको मुद्दा माहानगरपालिकाको न्ययिक समितिको अधिकारक्षेत्र भित्र पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्