नवजात शिशु बेपत्ताको कसुरमा पक्राउ परेका डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्ने आदेश

नवजात शिशु बेपत्ताको कसुरमा पक्राउ परेका डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्ने आदेश

विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा  छाड्ने आदेश गरेको छ ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो ।

गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले बिहीबार डा.कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको हो । अदालतले शिशुका बाबु गोविन्द राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालाशले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका-४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले पाँच लाख रुपैयाँमा शिशुको आमालाई झुक्याएर बिक्री गरेको खुलेको थियो । जिल्ला अदालतबाट डा.कणर्, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए । मोरङको कटहरी-२ आदर्श टोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले कणर्सहित ६ जना प्रतिवादीहरुविरुद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी-२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्