कोशी अस्पताल विराटनगरमा एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान

कोशी अस्पताल विराटनगरमा एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान

विराटनगर । कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो ।

अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अफिसर, पाँचौं तहमा स्वास्थ्य जनरल नर्सिङ्ग, पाँचौं तहमा बायोमेडिकल टेक्निसियन र पाँचौं तहमा फार्मेसीको माग गरेको हो ।

लिखित र अन्तवार्ताबाट करार सेवाका लागि परीक्षा लिईने सुचनामा उल्लेख गरिएको छ । सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र ईच्छुकले दरखास्त दिन सक्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्