तराईको चिसोको असरमा बालबालिका र ज्येष्ठ नागरिक, विराटनगरका अस्पताल खचाखच

तराईको चिसोको असरमा बालबालिका र ज्येष्ठ नागरिक, विराटनगरका अस्पताल खचाखच

इन्दु साह
विराटनगर । चिसो र सितलहरले बालबालिका र ज्यष्ठ नागरिकको स्वास्थयमा बढी असर पारेको छ । विराटनगरका अस्पतालमा भर्ना हुने र परामर्श लिन आउनेमा चिसोबाट प्रभावित बिरामीको संख्या उच्च देखिएको हो ।

पछिल्लो साता तराईमा चिसो बढेसंगै दुई वर्ष भन्दा मुनिका बच्चाहरुमा भाइरल ईन्फेक्सनको समस्या बढी देखिएको छ भने १० वर्षभन्दा मुनिका बालवालिकामा रुघा खोकी, निमोनियालगायतका समस्याले सताएको छ ।
नोवेल अस्पताल विराटनगरको पेडिया«ीक वार्डका ४५ शै्यामा दैनिक १० देखि १२ जना शिशु भर्ना भईरहेको अस्पतालले जानकारी दिएको छ । ओपीडीमा दैनिक ३० देखि ४० बालबालिका चिसोको कारण बिारमी भई स्वास्थ्य जाँच तथा परामर्शका लागि लिएर अभिभावक आउने गरेका छन् । नोबेल अस्पतालको जनेरल वार्डको २ वटा वार्डका १२० शै्यामा चिसोका कारण दिर्घकालिन दमका विरामी, स्वास फेर्न गारो हुने, खोकी लाग्ने ,जाडोको एलर्जी भएर आउने बृद्धबृद्धा भर्ना हुने गरेका छन् । चिसोले गर्दा टाउको दुख्ने , हातखुट्टा कटकटी खाने समस्या बृद्धृबद्धामा बढी देखा परिरहेको नोबेल अस्पताको जेनेरल वार्डका इन्चार्ज डा. सुरेन्द्र साहले जानकारी दिएका छन् ।

चिसोको प्रभावले कोशी अस्पतालको समेत जेनरल वार्ड र पेडियाट्रीक विभागका शै्या खचाखच भएका छन् । कोशीमा ३२ शै्या रहेको बच्चा वार्डमा तीन महिना मुनीका बालबालिका बढी रहेको वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रविनकुमार झाले जानकारी दिए । ओपीमा दैनिक १५० जनासम्म बालबालिकाले स्वास्थ्य जाँच गराई रहेका छन् ।

कोशी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रोशन खड्काका अनुसार अस्पतालमा दिर्घरोगी, श्वास प्रश्वास, मुटुका दिर्घरोगीलाई चिसोले बढि सताइरहेको छ । उनका अनुसार सिओपी भएका विरामीलाई चिसोमा निमोनिया हुने जोखिम उच्च देखिएको छ । सीओपीडी ु एक दीर्घकालिन श्वासप्रश्वास रोग हो ।

ब्लडप्रेसर र डाइवेटिजको विरामीमा मस्तिष्क घातको समस्या हुने समेत उतिकै जोखिम रहेको डाक्टर खड्काले बताए । दम, एलर्जीका बिरामी समेत चिसोका कारण अस्पतालमा दैनिक बढिरहेको उनको भनाई छ । कोशीको ४० शैयाको जेनेरल वार्डमा बिरामी भरिएका छन् ।
चिसोबाट बच्चा तथा बृद्धृबृद्धालाई जोगाउन न्यानो कपडा लगाउन अतिआवश्यक रहेको चिकित्सकहरुको सुझाव छ । अति आवश्यक काम बिना बाहिर ननिस्कन तथा बारम्बार झोलिलो खानेकुरा दिनुपर्ने उनीहरुले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्