विराटनगरमा पार्टीसँग स्थानीय सरकारको छैन सुझाव, सहकार्य र समन्वय

<span class='c1'>विराटनगरमा पार्टीसँग स्थानीय सरकारको छैन</span> <span class='c2'>सुझाव, सहकार्य र समन्वय</span>

सुजता लिम्बु
विराटनगर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २० महिना पुरा भएको छ । यो अवधीमा कोशी प्रदेशको एक मात्रै महानगरपालिकाको गतिवधि अत्यन्तै सुस्त रहेको विश्लेषण स्थानीय पार्टी कमिटि गरिरहेको छ । नागरिक समाजले समेत महानगरपालिकाले गरेका हरेक निर्णय कार्यन्वयनमा देखिएको उल्झनलाई निर्वाचित जनप्रतिनिधि अपरिपक्क भएको चर्चा गर्ने गरेका छन् । विराटनगरका १९ वडासहित प्रमुख र उपप्रमुख निर्वाचित जनप्रतिनिधि सुस्त देखिनुमा स्थानीय पार्टीसँगको सहकार्य, समन्वय र सुझावविहीन रहेको धेरैको बुझाई छ ।

जनताले चुनेर पठाएका कतिपय जनप्रतिनिधिले जनभावना अनुरुप काम गर्न नसकेको समेत पार्टीका नेताहरुको आरोप छ । निर्वाचनपछिको परिस्थितिमा जनताद्धारा निर्वाचित जनप्रतिनिधि सक्रिय भएर काम गर्नुपर्ने भएपनि त्यो अनुसार काम गर्न नसकेको नेपाली काँग्रेसका नगर सभापति दिपक चापागाँई बताउछन् । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका जिल्ला उपसभापति नागेश कोइराला प्रमुखमा निर्वाचित भएका छन् । नेपाली काँग्रेस महानगरपालिकाका नगर सभापति चापागाँईले कार्यालयमा हाँजिर गर्ने बाहेकका काम नभएको आरोप लगाएका हुन् ।

‘जनप्रतिनिधिले आफ्नो कार्यालयमा हाजिरी मात्रै गरिरहेका छन्, राजनीतिक दलहरुले सरकारीस्तरको भूमिका त खोज्दैनन् तर केहि सुझाव दिने ठाउँमा तयार हुन्छन्’ सभापति चापागाँईले भने–सुझाव जरुरी नपर्दा काम देखिनु पर्ने थियो, तर, न सुझाव न कामले अपेक्षा अनुसारको नतिजा दिईरहेको छैन । उनले पार्टीगत रुपका काँग्रेसले आफ्नो गतिविधि बढाई रहेको बताउँदै अहिले जिल्ला र प्रदेश सम्मेलनका कामहरुमा सक्रिय रहेको सुनाए । उनले जनप्रतिनिधिसँग राजनीतिक दलको समन्वय ग्याप हुँदा कतिपय अवस्थामा नागरिकका काममा हातेमालो नभईरहेको समेत बताए ।

नेकपा एमालेका महानगर अध्यक्ष सागर थापाले पार्टीको निर्देशन अनुसार पार्टीसँग सहकार्य नै नरहेको बताए । महानगरपालिकामा उपप्रमुखसहित निर्णयहरुमा प्रभाव राख्ने अवस्था रहेपनि काम हुन नसकेको उनको आरोप छ । उनले एउटै दलबाट निर्वाचितमध्ये पनि कुनै कुनै वडासँग सहकार्य नभईरहेकोप्रति आक्रोश पोखेका छन् ।
‘सहकार्य गरेर अगाडी नबढ्नुमा पार्टीको अध्यक्ष नै पार्टीको जिम्मेवारी पदमा भएको कारणले नगरेको देखिन्छ । तर, पनि पार्टीको घोषणा अनुसार काम गरेको देखिन्छ ।’ उनले भने, ‘महानगरसँग सहकार्य भएको छैन ।’

जनताको भावना अनुसार जनप्रतिनिधिले सम्बोधन गर्न सकेका छन् ? भन्ने प्रश्नमा उनले जनअपेक्षा अनुसार सम्बोधन गरे जस्तो नदेखिएको बताए । कही कतै जनचहाना अनुसार काम गरेको देखिए पनि जनप्रतिनिधि एकातिर स्थानीय पार्टी अर्कातिर भएको र आ–ओफ्नो डम्फु आफूले बजाएको उनको भनाई थियो । ‘सहाकार्य भएको देखिदैन , सहकार्य नभई जनचाहानालाई अगाडी बढाएर पुरा गर्नु सकिदैन भन्ने हामो निषकर्ष हो ’ उनले भने,‘उहाँले काम गरिरहँदा चासो गरेका छौँ , जनप्रतिनिधिले पनि जनताको अपेक्षा अनुसार काम गर्नु नसकेको भन्दै चिन्ता गरेका छन् तर, जनताले खोजेजस्तो प्रतिनिधि पाएपनि खोजेजस्तो समग्र विकासमा अपेक्षाकृत काम गरेको पाइदैन र देखिदैन ।’

पार्टीको मातहतमा रहेर काम गर्नुपर्ने एउटा सिद्धान्त भएपनि निर्वाचित भएर गएपछि जनप्रतिनिधले ‘जनताको मान्छे हुँ’ भनेर भाषणमा सिमित भएर काम गर्न भने नसकेको एकिकृत समाजवादीका मोरङ सहसचिव एवम् प्रवक्ता वोसिम आलम बताउछन् । जनप्रतिनिधिहरु आफैले मात्रै गरेको र आफै लोकसेवा भिडेर आएको भन्ने सोँच रहेको उनको भनाई छ ।
‘पार्टीको चिन्ह लिने पार्टीको निर्णय लिएर आउने तर म नै सर्वेसर्वा हुँ भन्ने हरेक पार्टीमा देखिन्छ’ उनले भने,‘निर्वाचित भएपछि समन्वय एकदम नै कमजोर छ ।’ निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा अनुसार सतप्रतिशत काम नगरेपनि कोसिस चाँही गरिरहेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्