जाडोमा मन्त्री उप्रेतीको पहलमा एक सय विद्यार्थीलाई स्विेटर र टोपी सहयोग

<span class='c1'>जाडोमा मन्त्री उप्रेतीको पहलमा एक सय</span> <span class='c2'>विद्यार्थीलाई स्विेटर र टोपी सहयोग</span>

विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ ।

कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्विटर र टोपी वितरण गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका जनसमुदायसँग भेट गर्नेक्रममा मन्त्री उप्रेती केही समयअघि उक्त विद्यालय पुगेका थिए । त्यसबेला जीर्ण अवस्थामा रहेको विद्यालयको अनुगमन गरी भौतिक संरचना निर्माण एवम् विद्यार्थीहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

जसअन्तर्गत मन्त्री उप्रेतीले विपन्न विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा वितरण गर्न लायन्स क्लब इन्टरनेसनलसँग समन्वय गरी उक्त सहयोग गरेका हुन् । विद्यालयमा अध्ययन गर्ने एक सय तीन जना विद्यार्थीलाई स्विटर र टोपी वितरण गरिएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए–वान डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की, लायन्स क्लब अफ विराटनगर एक्टिभका प्रेसिडेन्ट लक्ष्य प्रधान, सामाजिक अभियन्ता फणिन्द्र थापालगायतले ती विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले निःस्वार्थ सामाजिक भावले जन्मिएको लायन्स क्लबले विपन्न विद्यार्थीहरूलाई सहयोग गरिदिएकोमा आभार प्रकट गरे । अघिल्लो पटक
अनुगमन आउँदा विद्यालयको भौतिक संरचनाको अवस्था जीर्ण रहेको देखेपछि सहयोग लिएर आएको सुनाए ।

‘मैले त्यसबेला नै प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थिएँ,’ उनले भने, ‘फेरि पनि भन्छु, यो विद्यालयको छानो फेरिन्छ । जो कमजोर छन्, पहुँचभन्दा बाहिर छन्, त्यस्ताको नै हो यो सरकार ।’

‘सरकारले मात्र होइन, लायन्सजस्ता सामाजिक सेवामा अनवरत लागिपरेका संस्थाले पिछडिएको क्षेत्र बनाउने हो,’ उनले थपे, ‘अहिले लायन्सले मेरो निर्वाचन क्षेत्रको निकै पिछडिएको स्कुलमा पढ्ने विद्यार्थीलाई सहयोग गरेको छ । भावि दिनमा भौतिक संरचनालगायतका विषयमा पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्