आरोहण गुरुकुलमा युवा कविहरूको जमघट

<span class='c1'>आरोहण गुरुकुलमा युवा</span> <span class='c2'>कविहरूको जमघट</span>

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् ।

शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ-आफ्ना कविता सुनाएका हुन् ।

यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल, सीमा आभास, शकुन्तला जोशी, मीनकुमार नवोदित, घिमिरे युवराज, दीपक शम्चु, धीरज राई, दीपा दाहाल, सविता भण्डारीलगायतले समसामयिक विषय केन्द्रित भएर लेखेका कविता सुनाए ।

काठमाडौंमा सञ्चार क्षेत्रमा सक्रिय कवि जोशी विराटनगर आएको सन्दर्भमा भेटघाटसँगै कविता वाचन राखिएको पत्रकारसमेत रहेका नवोदितले जानकारी दिए।

जोशी पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रदान गर्ने सुदिस निरौला स्मृति साहित्य पुरस्कारबाट शनिबार नै सम्मानित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्