वाईफाई नेपालको २ वर्षको अफर : मासिक साढे ३ सयमै ५० एमबीपीएस गतिको इन्टरनेट

वाईफाई नेपालको २ वर्षको अफर : मासिक साढे ३ सयमै ५० एमबीपीएस गतिको इन्टरनेट

विराटनगर । पछिल्लो समय सस्तो र छिटो ईन्टरनेट सेवा प्रदान गरेर चर्चामा आएको इन्टरनेट सेवा प्रदायक कम्पनी 'वाईफाई' नेपालले २४ महिने अफर सार्वजनिक गरेको छ । आफ्ना पुराना र नयाँ ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

वाईफाई नेपालले हाल ५० र ८० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । दुवै प्याकेजमा उपलब्ध हुने यो अफर अन्तर्गत ग्राहकले एक पटकमा आठ हजार ४७४ र ११ हजार ८६५ रुपैयाँ भुक्तानी गर्दा दुई वर्षसम्मका लागि क्रमशः ५० र ८० एमबीपीएस इन्टरनेट सुविधा पाउनेछन्। 

५० एमबीपीएसका प्याकेजका लागि कम्पनीले इन्टरनेट शुल्क छ हजार ५०० रुपैयाँ, सिङ्गल ब्यान्ड राउटर एक हजार रुपैयाँ र १३ प्रतिशत कर गरी कूल आठ हजार ४७५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । यसमा कम्पनीले फाइबर केबुल र कनेक्सन चार्ज नलिने वाईफाई नेपाल विराटनगर शाखाका प्रमुख दिपेश यादवले बताए ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेटको हकमा नौ हजार ५०० रुपैयाँ इन्टरनेट शुल्क, एक हजार रुपैयाँ सिङ्गल ब्यान्ड राउटर र १३ प्रतिशत कर गरी कूल
११ हजार ९६५ रुपैयाँ लाग्नेछ । यसमा पनि कनेक्सन चार्ज र फाइबर केबल शुल्क नलाग्ने बताइएको छ । 

वाईफाई नेपालका पुराना प्रयोगकर्ताले पनि २४ महिने अफर लिन सक्नेछन्। यसमा भने ५० एमबीपीएस इन्टरनेटका लागि सात हजार ३४५ रुपैयाँ र ८० एमबीपीएस इन्टरनेटका लागि १० हजार ७३५ रुपैयाँ लाग्नेछ । यसअघि वाईफाई नेपालले डिलदार अफर र सानदार अफर ल्याएको थियो ।

हाल वाईफाई नेपालको सेवा पुर्वमा विराटनगर,इटहरी , दमक, बिर्तामोड , धरान , विराटचोक, इनरुवा लगायतको सहरमा रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्