हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित

हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् ।

कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।

पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । यसरी दीक्षित हुनेहरूमा बीआइएम बाट २६ जना, बीसिएबाट २२ जना, बीएससि सिएसआइटिबाट ११ जना गरि ५९ जना विद्यार्थीहरू दीक्षित गरिएको कलेजका प्रिन्सिपल भरत सापकोटाले जानकारी दिए । उनका अनुसार दीक्षित भएका विद्यार्थीहरू २०७५ ब्याजका विद्यार्थीहरू रहेको बताए ।

हिमालय दर्शन कलेजमा बीआइएम, बीसिए, बीएससि सिएसआइटि, बीबीएस र बीएचएम कोर्ष पढाइ हुने गरेको छ । विभिन्न पाँच वटा फ्याकल्टी पढाइ हुने उक्त कलेजमा करिब ७ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेको कलेजले जनाएको छ ।

दीक्षित कार्यक्रममा विद्यार्थीहरू सीमरन साह, रन्जना पौडल र प्रशंशा लुइँटेल विद्यार्थीहरुले अध्ययनको क्रममा भएको अनुभूतिहरु सुनाएका थिए । सोही अवसरमा कलेजले आयोजना गरेको स्पोर्टस् मिटमा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल र अध्यक्ष डा. पिके झाले बितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्