विराटले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर विरुद्ध सचेतना कार्यक्रम गर्ने

<span class='c1'>विराटले विश्व क्यान्सर दिवसको अवसरमा</span> <span class='c2'>क्यान्सर विरुद्ध सचेतना कार्यक्रम गर्ने</span>

विराटनगर । विराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर विरुद्धको विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने भएको छ।

फेब्रअरी ४ का दिन खेलकुद, योगा, साथै विविध कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवस मनाउने तयारी रहेको विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले जानकारी दिए ।

क्यान्सर विरुद्धको लडाइमा एकताबद्ध हुन आशा, शक्ति र समुदायलाई हातेमालो गरेर अगाडी बढाउने उदेश्यले पनि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई थियो । ‘आशा क्लोज द केयर ग्याप’ नाम दिएर विराट क्यान्सर इन्स्टिच्युटले फेब्रअरी ४ का दिन साइकल र्याली, कार र्याली, स्कुटर र्याली जस्ता १५ वटा फरक–फरक कार्यक्रम गर्ने भएको हो। साथै क्यान्सर पिडित जसले क्यान्सर जितेका छन् उनीहरुको कथा, गीत संगित लगायत गरी विविध १५ वटा कार्यक्रमहरु रहेको डा. कार्कीले जानकारी दिए ।

खेलकुदमा सहभागीता जनाउनका लागि शुल्क तिर्नुपर्ने हुन्छ । सहभागीबाट संकलन भएको रकमले विराट क्यान्सर इन्स्टिच्युटले निःशुल्क उपचार दिँदै आएका क्यान्सरका बिरामीहरुको उपचारमा खर्चिने डा. कार्कीले बताए । डा.कार्कीका अनुसार स्वास्थ्य जीवनशैली, नियमित स्क्रीनिङ, पूर्व पहिचान र पूर्व क्यान्सरको समयमै उपचारद्धारा क्यान्सरको जोखिम कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्