विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ ।
विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् ।
गुण्डा परिचालन गरेर साझेदारको मिलेमतोमा हत्या गरिएको श्रीमती रानीकुमारी रायको आरोप छ। रायले दुई वर्ष अगाडी बथनामा इब्राहिमसँग मिलेर ५० शैय्याको हस्पिटल खोलेका थिए । हस्पिटल राम्रो चल्दै गएपछि रायले एकलौटी चलाउने योजना बनाए । त्यसपछि साझेदार इब्राहिमको १८ लाख भारतीय रुपैयाँ फिर्ता दिने सहमति भएको थियो । मतृक परिवारले रायको हत्यमा संलग्नलाई कारवाहीको माग राख्दै भारतीय प्रहरीमा पनि उजुरी दिएको बताएका छन् । पोस्मार्टमपछि रायको शव आइतबार राती विराटनगरमा ल्याएर सोमबार विराटनगरस्थित सिंघिया खोलामा दाहसंस्कार गरिएको छ ।