प्रेम देवान
विराटनगर । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा कोशी प्रदेशको राजधानी विराटनगर उल्लासमय वातावरण बनेको छ।सोमबार भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा गरिएसंगै विराटनगरमा शोभायात्रा र दिपावलीवलीको रुपमा मनाइएको छ ।विराटनगर ९ स्थित रामजानकी मन्दिरबाट शोभायात्रा निकालिएको थियो । भने हनुमान मन्दिर परिसरहरुमा विविध कार्यक्रमहरु गरी भव्य रुपमा मनाइएको छ। शोभायात्रामा भगवान रामसीता र लक्ष्मणको प्रतिमालाई सज्जावट गरी रथमा राखेर भत्तालुहरुले बजार परिक्रमा गरेका थिए ।यता शोभायात्रामा भगवान श्रीराम असिन रथ तान्न र अवलोकन गर्नको लागि हजारौंको संख्यामा सहभागी भएका थिए । शोभायात्राको क्रममा भगवान रामको आकृती झन्डा र नेपालको झन्डासँगै रामधुन र भजनमा सहभागी भएका श्रद्धालुभक्तजनहरुले गर्दा रथ यात्राको झझल्को दिईरहेको आवास भईरहेको देखिन्थ्यो। विभिन्न झाँकीसहितको शोभायात्राले पञ्चवटी मन्दिरहुँदै महेन्द्रचौक भृकुटी चौक ,डिएसपी रोडबाट मेनरोड हुँदै पुन रामजानकी मन्दिरमा पुगेर विर्सजन गरिएको थियो । प्राण प्रतिष्ठा कै उपलक्ष्यमा विराटनगरकाल बजारहरु एक हप्ता अगाडीदेखी नै गेरुवस्त्रका ध्वाजा पताका र झन्डाहरुले बजार सिंगारिएका थिए ।जसले गर्दा यसको रौनक नै फरक दिरहेको थियो । प्राण प्रतिष्ठाको अवसरमा विराटनगरका विभिन्न स्थानहरुमा धार्मिक संघसस्थाहरुले प्रसाद तथा शुद्ध पिउने पानीको व्यवस्था समेत गरेको थियो । प्राण प्रतिष्ठाको शुभ अवसरमा हिन्दु परिषद मोरङले पञ्चमुखी हनुमान मन्दिर परिसरमा आर्कषित रंगोली बनाएको थियो।अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर विराटनगरका अधिकांश भगवान रामको मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाई जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् ।यता विराटनगरमा रहेको न्युरो हस्पिटलले पनि रामको नयाँ रुपको मुर्तिको प्राणप्रतिष्ठा गरिएको अवसरमा भव्य रुपमा सामुहिक दीप प्रज्वलन गरेको थियो । भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरेको अवसरमा विभिन्न संघसस्थाहरु विचको समन्वयमा दीप प्रज्वलनसँगै भजन कृतन गरिएको छ ।विराटनगरमा रहेको हिन्दु स्वयंसेवक संघ नेपाल, तथा झिः पुच विराटनगर, न्युरो बंग्लामुखि सोसाईटी, ब्रह्मकुमारी राजयोग केन्द्र र स्थानीयलाई समेटेर सोमबार साँझ सामुहिक दीप प्रज्वलनसँगै भजन कृतन गरिएको थियो ।त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपालमा पनि उल्लासमय बनेको धार्मिक अगुवाहरुले बताएका छन् ।