औद्योगिक क्षेत्रमा पुनः बिद्युत अवरोध, आपूर्ति व्यवस्थापन मिलाउन विराटनगरका उद्योगीको माग

औद्योगिक क्षेत्रमा पुनः बिद्युत अवरोध, आपूर्ति व्यवस्थापन मिलाउन विराटनगरका उद्योगीको माग

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठ घण्टा लोडसेडिङ झेल्नु परेको भन्दै उद्योग संगठन मोरङ नियमित विद्युत आपूर्तिको माग गरेको छ । नेपाल बिद्युत प्राधिकरणले बिना सुचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारमा पहल लिन आग्रह गरेको हो ।

अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगहरुको सञ्चालनमा अवरोध पुग्नु गलत हुने बताउँदै संगठनले समस्या समाधानका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने माग गरिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले उत्पादन क्षेत्रमा विद्युत आपूर्ति बन्द हँुदा त्यसको असर उपभोक्तामा पर्ने जनाउँदै बिद्युत नियमितताको जरुरी रहेको बताएका हुन् ।

निरन्तर संचालनमा रहनुपर्ने उद्योगहरुमा यसरी पूर्व सूचना विना विद्युत आपूर्ति बन्द गरिदिदा उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेको प्रति गम्भीर हुन आग्रह गर्दै उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारका सम्वन्धीत निकाय समक्ष संगठनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्