पिताजी कृष्णप्रसाद कोइराला सम्मान पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई

<span class='c1'>पिताजी कृष्णप्रसाद कोइराला सम्मान</span> <span class='c2'>पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई</span>

विराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरले आज यहाँ पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई समर्पण सम्मान-२०८० बाट सम्मान गरेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ । सो अवसरमा नेता डा कोइरालाले संघीयताको सफल कार्यान्वयनका लागि जनताको घर घरमा सरकार पुग्नु पर्ने बताउनुभयो । उहाँले लोकतन्त्रमा मुलुकमा सुशासन एवं पारदर्शीता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबैदलहरु लाग्नु पर्नेमा जोड दिनुभयो । नेता डा कोइरालाले दुई हजार ५०० चिकित्सक विदेश पलायनप्रति चिन्ता व्यक्त्त गर्दै दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

सम्मानित पूर्व प्रधान न्यायाधीश श्रेष्ठले संघीयतामा जनतालाई लाभ र उपलव्धीता दिनुपर्छ भन्दै मुलुकमा प्रजातन्त्र विकासन्मुख भएमा देश विकसित नहुने बताउनुभयो । उहाँले विकासका योजनाको समय अवधि र रकम थप गर्नु अपराध हो भन्दै लोकतन्त्रमा जनताका समस्याप्रति दलहरु गम्भिर भएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगिकरण, यातायात र सञ्चारको यस क्षेत्रमा विकासमा पिताजी कोइरालाको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई,परिषदका अध्यक्ष कविराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मी,बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापा मगर , योगेन्द्र अधिकारी र नेकां नगर सभापति दिपक चापगाईले प्रजातन्त्र स्थापना र समाज परिवर्तनमा पिताजी कोइरालाले पुर्‍याउनु भएको योगदानको आजका युवा पुस्ताले प्रेरणा लिनु पर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्