विराटनगर । स्व.चुडामणी न्यौपाने स्मृती जिल्ला स्तरिय अन्तर स्कुल वादविवाद प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम भएको छ ।
बुढीगंगा गाउँपालिकामा रहेको स्मृती स्कुलले आयोजना गरेको जिल्ला स्तरिय अन्तर स्कुल वादविवादमा एभरेष्ट स्कुल प्रथम भएको हो ।
'सामाजिक सञ्जालको प्रयोग : नवीनतम ज्ञानको खोजी कि समयको दुरुपयोग' भन्ने शिर्षकको विपक्ष बोलेका एभरेष्टका अभिनव बस्नेत प्रथम
भएभने जुपिटर स्कुलकी प्रगती अधिकारी दोस्रो तथा रेड स्टारका आर्दश बराल तेस्रो भए ।
त्यसैगरी पक्षमा बोलेका साझिलाल माविकी आरती अधिकारी प्रथम स्थान हासिल गर्दा डिएभीका सेजल मेहता दोस्रो तथा रेड स्कटारकी सन्ध्या खडका तेस्रो भइन् । विजेता हुनेले नगद १५-१५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो हुनेले १३-१३ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेले ११-११ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र हात गरेका छन् ।
प्रतियोगिताको निर्णायक प्रसिद्ध लेखक सुबिन भट्टराई, प्राध्यापक भेसजा काफ्ले र सिस्नोपानी नेपालका सचिव सरोज घिमिरे रहेका थिए । प्रतयोगितमा मोरङका निजि तथा सामुदायिक गरि ४० स्कुलको सहभागि रहेको आयोजकले जनाएको छ ।