चिसो बढ्दा पूर्वी तराईको जनजीवन प्रभावित

<span class='c1'>चिसो बढ्दा पूर्वी</span> <span class='c2'>तराईको जनजीवन प्रभावित</span>

विराटनगर । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।

चिसो धेरै बढेपछि सार्वजनिक स्थानहरुमा सर्वसाधारणको चहलपहल सामान्यभन्दा कम देखिएको छ ।

चिसोका कारण झापा, मोरङ, सुनसरीमा जनजीवन प्रभावित बनेको हो । चिसो बढ्दा खासगरी वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् ।

चिसोका कारण बिरामी हुनेहरु विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन् ।

गत साता पनि एक्कासि चिसो बढेको थियो । चिसो बढेपछि अधिकांश स्थानमा विद्यालयहरुमा विदा दिइएको थियो । त्यसपछि केही दिन घाम लाग्ने गरे पनि फेरि हुस्सु लाग्न थालेर चिसो बढ्न थालेको हो ।

प्रतिकूल मौसममा कारण विराटनगरबाट हुने हवाई उडानहरु पनि प्रभावित बनेका छन् । विराटनगर विमानस्थलबाट दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आजे देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्