उठ्दैन उधारो : साझा पहलका लागि दशवटा जिल्ला\नगर उद्योग वाणिज्य संघ एक ठाउँ

उठ्दैन उधारो : साझा पहलका लागि दशवटा जिल्ला\नगर उद्योग वाणिज्य संघ एक ठाउँ

विराटनगर । उधारो कारोबार व्यवस्थापनका लागि कोशीका दशवटा जिल्ला÷नगथर उद्योग वाणिज्य संघले साझा पहल लिने सहमति गरेका छन् । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने नारासहित जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुले भेला आयोजना गरेर साझा पहलका लागि निष्कर्ष निकालेका हुन् ।

उद्योग संगठन मोरङले समन्वय गरेको भेला मंगलबार सुन्दरहरैंचामा सम्पन्न भएको थियो । भेलाले व्यवसायिक क्षेत्रका लागि उधारोमा भएका कारोबारहरु ठूलो चुनौती बनिरहेको निष्कर्षसहित हातेमालो गर्ने सहमति गरिएको थियो ।
दशवटा जिल्ला÷नगर उद्योग वाणिज्य संघको भेला पश्चात ६ बुँदे सम्झौता समेत गरेका छन् । जसमा उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामुहिक पहल गर्ने, जिल्ला÷नगर उद्योग वाणिज्य संघले सम्वन्धित फर्म, कम्पनी वा उद्योगलाई उधारो रकम यथाशिघ्र फरफारक गर्न पहल गर्ने, आफ्नो संघमा आवद्ध भएका व्यापारिलाई उधारो कारोबार व्यवस्थित गर्न पत्राचार गरी नैतिक एवं सामाजिक दबाब सृजना गर्ने उल्लेख छ ।

त्यसैगरी आगामी दिनमा मुलुकका अन्य जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई यस पहलमा समावेश गर्दै लैजाने, उद्योग÷व्यवसाय लगायत व्यवसायिक क्षेत्रको प्रवद्र्धन र बृहत्तरहितका मुद्दामा साझा धारणा बनाई कार्यगर्ने र संस्थागत विकास एवं सृदृढिकरणका लागि आपसी अन्तर सम्वादलाई आगामी दिनमा थप घनिभूत बनाउँदै लैजान विषय समेटिएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यवसायिक सम्बन्धका आधारमा हुने उधारो कारोबारलाई नियमन गर्न नेपाल सरकारको हालसम्म कुनै स्पष्ट कानुन नभएकाले व्यसायिक हितका लागि संगठनले यो पहल प्रारम्भ गरेको बताउँदै आगामी दिनमा अन्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई समेत समेटने स्पष्ट पारे ।

अध्यक्ष सुरानाले राजश्व सम्वन्धी विवादको समाधानका लागि राजश्व न्यायाधिकरण, वैंकहरुको ऋण असुलीका लागि ऋण असुली न्यायाधिकरण जस्ता निकायहरु रहेतापनि उधारो उठाउने सम्वन्धमा कुनै न्यायिक निकाय नभएको बताए । उनले यसको आवश्यकता पर्नसक्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका नविन रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाई, विर्तामोड उद्योग वाणज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, ईनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बीरेन्द्र कुमार साह, उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर वहादुर भण्डारी, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले उधारो व्यवस्थापनमा साझा पहल लिने सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्