पहाडमा गाँजा खेती : तराईमा झर्छ, सीमा कट्छ

<span class='c1'>पहाडमा गाँजा खेती :</span> <span class='c2'>तराईमा झर्छ, सीमा कट्छ</span>

सुजता लिम्बू
विराटनगर । वर्षेनी प्रहरी प्रशासनले गाँजा खेती फडानी गरेकै हुन्छन् ।

लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजा खेतीको उत्पादन, तयारी, खरिद बिक्री–वितरण, निकासी र सेवन गर्न निषेध गरिएको छ । तर, पनि अवैध भनिएको गाँजा खेती भने नियन्त्रणमा आउन सकेको छैन । चोरी पैठारी समेत नियन्त्रणमा आउन सकेको छैन । कोशी प्रदेशको धनकुटा, खोटाङ, उदयपुर, सुनसरी, झापा, मोरङमा गाँजा बरामद हुन्छ । बरामद गाँजा नेपालबाट भारत पुग्ने लाइनमा हुन्छ । चुरे क्षेत्रका विभिन्न ठाउँमा उत्पादन हुने गाँजालाई सुकाएर तयार पारी तराईका विभिन्न चोर बाटो हुँदै भारत पठाउने गरिएको हो ।

दुई दिन अगाडी सुनसरीबाट गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । बिशेष सूचनाको आधारमा सोमबार दिउँसो अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचौकबाट उनीहरुलाई पक्राउ गरेको हो। भारततर्फ जादै गरेको को १ ह ४०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकी र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटामा ८० किलो गाँजा बरामद गरेको थियो । बरामद गाँजासहित अटो चालक सुनसरीको धरान उपमहानगरपालिका –११ का २९ वर्षीय कुमार तामाङ र अटोमा सवार ३० वर्षीय राम बहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरीरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

यस्तै सुनसरीको कोशी गाउँपालिका ६ बाट आइतबार ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । करिब तीन क्विन्टल गाँजा भारततिर तस्करी गरी लैजान खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । उनीहरु भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका–४ का महोमद सागर मियाँ छन् । को २ त ६८९० नम्बरको ट्याक्टरमा राखेर गाँजा भारततिर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
उक्त गाँजा पहाडी जिल्लाबाट सुनसरी ल्याएर भारत तस्करी गर्न लागिएको पाइएको प्रहरीको भनाइ थियो ।

यस्तो छ तथ्यांक

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको त्रि–वर्षीय तथ्यांक अनुसार कोशी प्रदेशको विभिन्न जिल्लाबाट ९ हजार २४७ किलो गाँजा बरामद भएको छ । तथ्याङ्क अनुसार २०७८/०७९ मा २ हजार २१ केजी १०१ ग्राम गाँजा बरामद भएको छ । ०७९/०८० मा ४ हजार ८ सय १४ केजी ५ सय ९२ ग्राम बरामद भएको छ । भने, ०८०/०८१ को तथ्यांकमा एक हजार ५ सय १९ केजी ७ सय ४६ ग्राम गाँजा बरामद भएको छ ।
१४ जिल्लमध्ये सुनसरी र मोरङमा अवैध मानिएको जाँगा बरामद गरिएको तथ्यांकले जनाएको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम भने शुन्य रहेको छ ।

पहाडमा उब्जाउ, तराईमा बरामद

पहाडी क्षेत्रमा हुने गाँजा खेती त्यहाँबाट विभिन्न माध्यमको प्रयोग गरेर सुनसरी–मोरङमा झारिने गरिन्छ । यहाँ आइसकेको गाँजा खुल्ला सीमाको प्रयोग गरेर भारत तर्फ निकासी हुँदै आएकाले पनि मोरङ र सुनसरीमा धेरै मात्रामा गाँजा बरामद हुने गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) चन्द्रकुबेर खापुङ बताउछन् ।

‘हाम्रो प्रदेशमा पहाडतिर बढी गाँजा उब्जाउ देखिन्छ, पक्राउ पर्ने तराईमा हुन्छ । तथ्यांकमा मोरङ–सुनसरीमा धेरै देखिन्छ,’ डिआइजी खापुङले भने,‘ उदयपुर धनकुटाबाट आउने बाटो भएको कारणले मोरङ र सुनसरीमा बढी देखिएको हो, ताप्लेजुङ, ओलखढुङ्गामा शुन्य नै देखिन्छ ।’ गाँजा दुर्व्यसनकै लागि उपयोग भएको पाइएको डिआइजी खापुङ बताउछन् ।

‘नेपालमा मठमन्दिर साधुसन्तहरुले प्रयोग गरेको पाइन्छ, त्यसैगरी दुर्व्यसनी युवाहरुमा गाँजा सेवन चुरोटमा हालेर विविध किसिमले गरेको पाइन्छ ।’ उनले भने,‘ नेपालमा शिवरात्रीमा गुठी संस्थानमा गाँजा वितरण गरेनन् भनेर त्यहीँ आउने साधुसन्तहरुले आन्दोलन गरेको पनि पाएका छौँ ।’ नेपालबाट गाँजा भारततर्फ सप्लाइ हुने गरेको समेत उनले बताए ।

सहज पैसा कमाउने माध्यम
सहज पैसा कमाउनका लागि पनि यस्तो खालको अपराध दोहोरिने गरेको डिआइजी खापुङको भनाई छ । ‘मान्छे सजिलो जुन कुरामा पाइन्छ त्यसैमा लागिरहेको हुन्छ, कानुनले बर्जित गरिएको हुन्छ, कारबाही गरिरहेको हुन्छ तर, पनि दोहोरिरहेको हुन्छ ।’ उनले भने,‘ गाँजा फडानी हुन्छ, फेला पनि परेको हुन्छ कतिजनाले त सजाय पनि भोगिरहेकै छन्। तर सजाय भुक्तान गरेर निस्किएको कति दिन नभइ त्यही व्यवसाय गरेको हुन्छ । ’

पछिल्लो समय गाँजालाई कानुनी हिसाबले आर्थिक स्रोत बनाउनुपर्ने भनाई आएको भए पनि अहिलेको समयमा यो दुर्व्यसनबाट समाजलाई बचाउनु पर्नेमा उनले जाड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्