जाडोमा रवि आधारभूत स्कुलका विद्यार्थीलाई न्यानो कपडासँगै प्रेमभोज

<span class='c1'>जाडोमा रवि आधारभूत स्कुलका</span> <span class='c2'>विद्यार्थीलाई न्यानो कपडासँगै प्रेमभोज</span>

विराटनगर । मोरङको ग्रामथान स्थित रवि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदानसँगै प्रेमभोज गराइएको छ ।
विद्यालय प्राङगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कक्षा नर्सरीदेखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई जाडोमा जाडोमा लगाउनको लागी स्वीटर टोपी प्रदान गरिएको छ ।


विद्यालयमा अध्ययनरत ३६० विद्यार्थीहरुलाई ग्रामथान २ पिडारबनीमा रहेको एस.डि.ए चर्चले करिब २ लाख मुल्य बराबरको सामाग्री प्रदान गरेको छ ।
विद्यालयमा अति विपन्न तथा पिछडिएका दलित समुदायका विद्यार्थीहरुको अवस्था एकदमै नाजुक रहेका कारण जाडोमा लगाउने स्वीटर टोपी र एक दिनको खाजा प्रदान गरिएको एस.डि.ए चर्चका पाष्टर राकेश चौधरीले बताउनुभयो ।

विद्यार्थीहरुलाई ग्रामथान नम्बर २ का वडा अध्यक्ष यादव खतिवडा , चर्चका प्रतिनिधीहर तारा चौधरी,मिना सरदार, निलम साह ,ज्योती खाँ लगायतले स्वीरटर र टोपी विरतराण गरेका थिए । विद्यार्थीहरुलाई प्रेमभोज अन्र्तगत मिष्ठान भोजन समेत गराइएको थियो ।


जोडोको समयमा अति विपिन्न समुदायका विद्यार्थीहरुले न्यानो कपडासँगै प्रेमभोजबाट विद्यार्थीहरुमा पढाईप्रति लगाव हुनुका साथै विद्यार्थीलाई चाहिने पोसाकले गर्दा विद्यार्थीहरु एकदमै खुशी भएको विद्यालयका प्रधानध्यापक जितेन्द्र कुमार सरदारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्