हिसान स्पोर्टस् मिट : पशुपति, कान्तिपुर र शिक्षादीप कलेज विजयी

<span class='c1'>हिसान स्पोर्टस् मिट : पशुपति,</span> <span class='c2'>कान्तिपुर र शिक्षादीप कलेज विजयी</span>

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औँ संस्करण अन्तर्गत बिहीबार भएको खेलमा कान्तिपुर, पशुपति, शिक्षादीप, सिटी, मोडर्न एरा, अरनिको, अर्किड कलेज विजयी भएका छन् ।

विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको क्रिकेट खेलमा कान्तिपुर कलेज र अरनिको कलेज विजयी भए ।

पहिलो खेलमा कान्तिपुरले मेरिल्याण्ड कलेजलाई ५६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय २४ रन जोडेको थियो । जसमा राज वर्माले ४४ रन जोड्दा कृतिक कामतले २५ रन जोडे । मेरिल्याण्डका सागर पोद्धारले २ विकेट लिए ।

१ सय २५ रनको चुनौती पाएको मेरील्याण्डले १३ दशमलव ५ बलमा सवै विकेट गुमाई ६८ रनमा सीमित भयो । जस्मा कुष्णकुमार देवले सर्वाधिक २४ रन बनाए । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामत सर्वाधिक ३ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जस्मा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए । कोवासका अभय यादवले २ विकेट लिए ।

१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा सिटी, मडर्न एरा, अर्किड र कान्तिपुर कलेज विजयी भए ।

पहिलो खेलमा विराटनगरको सिटी कलेजले उर्लाबारीको होली चाइल्ड स्कुललाई २–१ को गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा म्यान अफ द म्याच सन्दीप राई र भरतकुमार साहले १–१ गोल गरे भने उलाबारीका मौसम लावतीले १ गोल गरे ।

दोस्रो खेलमा विराटनगरको मोडर्न एरा स्कुलले बुद्ध स्कुललाई सडन डेथमा ६–५ को गोल अन्तरले पराजित गर्यो । निर्धारित समय र पेनाल्टी सुटआउटमा दुवै टिमले बराबरीमा खेल खेलेपछि खेलको सडन डेथबाट भएको हो । खेलमा म्यान अफ द म्याच मोडर्न एराका सन्दीप भट्टराई घोषित भए ।

तेस्रो खेलमा अर्किड कलेजले शिक्षादीप कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्यो । अर्किडको जितमा म्यान अफ द म्याच सागर विश्वकर्मा र अनिष श्रेष्ठले १–१ गोल गरे भने शिक्षादीपका प्रसिद्ध पोखरेलले १ गोल फर्काए ।

चौथो खेलमा कान्तिपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।

आजै भएको भलिबलमा कान्तिपुर कलेज, पशुपती स्कुल र शिक्षदीप विजयी भए । पहिलो खेलमा कान्तिपुरले जनक स्कुललाई २५–७ र २५–९ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच कान्तिपुरका कमल श्रेष्ठ घोषित भए ।

दोस्रो खेलमा पशुपति स्कुलले सिद्धार्थ स्कुललाई २५–१४ र २५–१३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच पशुपतिका कृष्णकुमार सहनी घोषित भए ।

तस्रो खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई २५–८ र २५–१५ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच शिक्षादीपका आदर्श लिम्बु घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्