हिसान स्पोर्टस् : विकेभिएम, मोडर्न एरा र सगरमाथा विजयी

<span class='c1'>हिसान स्पोर्टस् : विकेभिएम, मोडर्न</span> <span class='c2'>एरा र सगरमाथा विजयी</span>

विराटनगर । हिसान स्पोर्टस् मिटको १२औं संस्करण अन्तरगत शुक्रबार भएको खेलमा विकेभिएम, कान्तिपुर, मोडर्न एरा, रेड स्टार, सगरमाथा, नेशलन विजयी भएका छन् ।

पहिलो खेलमा विकेभिएम स्कुलले सेन्ट जोसेफ स्कुललाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सेन्ट जोसेफले निर्धारित १० ओभरमा ४ विकेट गुमाई ५६ रन जोडेको थियो । जस्मा सुमन राजवंशीले २४ रनमा अविजित हुँदा दशरत मण्डलले १३ रन बनाए । विकेभिएमका मनिषराज यादव, देवेन्द्र यादव र सुनिल यादवले समान १–१ विकेट लिए ।

५७ रनको चुनौती पाएको विकेभिएले ८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा मनिषराज यादवलेले सर्वाधिक ११ रनको योगदान दिए । सेन्ट जोसेफका म्यान आफ द म्याच दशरत मण्डलले सर्वाधिक ४ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले कोवास कलेजलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रनको विशाल योगफल बनाएको थियो । जस्मा सागर मोचीले ४९ रन बनाउँदा सोनु साहले ४१ रन बनाए । कोवासका अभय यादवले २ विकेट लिए ।

१ सय ५४ रनको चुनौती पाएको अरनिकोले १२ दशमलव २ बलमा सवै विकेट गुमाई ४७ रनमा सीमित भयो । कोवासका कुनै पनि खेलाडीले दोहोरो अंकलाई छुन सकेनन् । अरनिकोका म्यान आफ द म्याच अमर यादवले सर्वाधिक ५ विकेट लिए ।

त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा रेडस्टार र , सगरमाथा कलेज विजयी भएका छन् ।

पहिलो खेलमा विराटनगरको मेरिल्याण्ड कलेजलाई रेडस्टार कलेजले २–१ को गोल अन्तरले पराजित गर्यो छ । रेड स्टारको जितमा म्यान अफ द म्याच सन्जोग राई र सोनम गुरुङले १–१ गोल गरे भने मेरिल्याण्डका रयान कार्कीले १ गोल गरे ।

दोस्रोे खेलमा सगरमाथा स्कुलले विकेभिएम स्कुललाई २–० को गोल अन्तरले पराजित गर्यो । समगरमाथाका म्यान अफ द म्याच सेसेहाङ लिम्बु र प्रदिस राई १–१ गोल गरे ।

तेस्रो खेलमा नेशनल एकाडेमीले भानु कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल गर्ने नेशनलका अनुज प्रधान म्यान अफ द म्याच घोषित भए ।

चौथो खेलमा कान्तिपुर कलेजले जनक स्कुललाई १–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जितमा म्यान आफ द म्याच आयुस मगर १ गोल गरे ।

त्यस्तै आजै भएको छात्र भलिबलमा कान्तिपुर र मोडर्न एरा विजयी भएका छन् । पहिलो खेलमा कान्तिपुरले जेभियर्स स्कुललाई २५–१२ र २५–५ को सोझो सेटले पराजित गर्यो छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका केवल लिम्बु घोषित भए ।

दोस्रो खेलमा मोडर्न एरा स्कुलले शिक्षासदन स्कुललाई २५–११ र २५–१९ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच मोडर्न एराका किशन कटुवाल घोषित भए ।

छात्रा भलिबलमा ज्ञालेक्सी स्कुल र रेड स्टार स्कुल विजयी भएका । पहिलो खेलमा ज्ञालेक्सी स्कुलले मोडर्न एरा स्कुललाई २६–२४ र २५–२३ को सोझो सेटले पराजित गर्यो । खेलको म्यान अफ द म्याच मोडर्न एराका सुस्कन राई घोषित भए ।

दोस्रो खेलमा रेड स्टार स्कुलले शिक्षादिप कलेजलाई २५–२ र २५–९ को सोझो सेटले पराजित गर्यो छ । खेलको म्यान अफ द म्याच रेड स्टारका प्रभा तामाङ घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्