विराटनगर । हिसान स्पोर्टस् मिटको १२औं संस्करण अन्तर्गत शनिबार भएको खेलमा अर्किड, अरनिको, कान्तिपुर, रेडस्टार, शिक्षादिप, माडेर्न एरा र विद्याभूमि कलेज विजयी भएका छन् ।
विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड र अरनिको कलेज विजयी हुँदै सेमिफानलमा प्रवेश गरे ।
पहिलो खेलमा अर्किड कलेजले विकेभिएम स्कुललाई ४२ रनले पराजित गरी सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १४ ओभरमा ३ विकेट गुमाई १ सय ३१ रन जोडेको थियो । जस्मा महमद सवाजुल र सन्तोष चौधरीले ४१-४१ रन बनाउँदा साहिल शेखले ३७ रन बनाए । विकेभिएमका आदित्य बस्नेत, राज कामत र सुनिल यादवले समान १-१ विकेट लिए ।
१ सय ३४ रनको चुनौती पाएको विकेभिएले १३ दशमलव ५ बलमा सवै विकेट ९१ रनमा सीमित भयो । जस्मा अमन शर्माले सर्वाधिक ३३ रनको योगदान दिए । अर्किडका म्यान आफ द म्याच निरज मण्डलले सर्वाधिक ५ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले शिक्षदिप कलेजलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल बनाएको थियो । म्यान अफ द म्याच रामनारायण यादवले सर्वाधिक ६१ रनमा अविजित रहे । शिक्षादिपका प्रज्वल काफ्ले, प्रतीक पोखरेल,उदय कामत र सागर मण्डलले १-१ विकेट लिए ।
१ सय १८ रनको चुनौती पाएको शिक्षादिपले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५२ रनमा सीमित भयो । शिक्षादिपका आनन्द साहले १६ रन र कृष्ण झाले १४ रन जोडे । अरनिकोका सागर मोचीले सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै, शहिद मैदानमा भएको फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा अर्किड कलेज सिटी कलेजले ४-० को फराकिलो गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्किडका म्यान अफ द म्याच सागर विश्वकर्माले २ गोल तथा अनिष श्रेष्ठ र प्रनिल मगरले १-१ गोल गरे ।
दोस्रोे खेलमा कान्तिपुर कलेज सगरमाथा कलेजलाई २-० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । कान्तिपुरका म्यान अफ द म्याच युनिस मगर र सरोज साहले १-१ गोल गरे ।
आजै भएको छात्र भलिबलमा रेड स्टार स्कुल र शिक्षादिप कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा रेड स्टारले पशुपति स्कुललाई २५-१७ र १६-२५ र २५-२३ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका प्रदिप खड्का घोषित भए ।
दोस्रो खेलमा शिक्षादिप कलेजले बुद्ध स्कुललाई २७-२५ र २७-२५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुरेन्द्र खनाल घोषित भए ।
छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज विजयी भई सेमिफानमा प्रवेश गरेका छन् । पहिलो खेलमा कान्तिपुरले अरनिको कलेजलाई २५-५ र २५-९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरकी पवित्रा डाँगी घोषित भइन् ।
दोस्रो खेलमा अर्किड कलेजले बुद्ध स्कुललाई २५-११ र २५-१३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडकी रिमा मगर घोषित भइन् ।
आजै भएको कबड्डीमा मोडर्न एरा, विद्याभूमि, कान्तिपुर, अर्किड, शिक्षादिप र अरनिको कले विजयी भएका छन् ।
पहिलो खेलमा मोडर्न एराले विकेभिएम स्कुललाई ४२-२४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आसिक माझी घोषित भए ।
दोस्रो खेलमा विद्या भुमी स्कुलले पशुपति स्कुललाई ५१-३९ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विद्याभूमिका मदन चौधरी घोषित भए ।
तेस्रो खेलमा कान्तिपुर कलेजले नमुना स्कुललाई ८९-१४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका रोहितकुमार यादव घोषित भए ।
चौथो खेलमा अर्किड कलेजले सेन्ट जोसेफ स्कुललाई ५५-२४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडका महमद आलम घोषित भए ।
पाँचौ खेलमा शिक्षदिप कलेजले विराट क्याम्पसलाई ४५-४४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विराटका प्रेम मण्डल घोषित भए ।
छैटौ खेलमा अरनिको कलेजले जनक स्कुललाई ७०-३२ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अरनिकोका निहाल यादव घोषित भए ।