विराटनगर । अर्जुन श्रेष्ठको अध्यक्षतामा विराटनगर महानगरपालिका तेक्वान्दो विकास समिति गठन भएको छ ।
नेपाल तेक्वान्दो संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।
उपाध्यक्षमा पराग ढुंगाना, सचिव अशोक लामा, कोषाध्यक्ष हिना ठाकुर चयन भए । सदस्यहरुमा रोशन ठाकुर, दीपक कट्वाल, नेहालविक्रम शाह, निश्चल श्रेष्ठ र पविता शर्मा निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी समितिको सल्लाहकारमा राजेश कार्की, विष्णु डंगोल, सावित्री पराजुली, प्रेमलाल सिंह सुवाल र त्रिलोचन गौतम चयन भए । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, विराट गोल्डकपका अध्यक्ष सन्तोष बानियाँ, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री नारायण बुढाथोकी र तेक्वान्दो संघ मोरङका अध्यक्ष दिवस नेपाललगायतले नवनिर्वाचित कार्य समितिलाई शुभकामना दिए। सो अवसर तेक्वान्दो खेलाडीहरुले आफ्नो कला कौशल प्रदर्शनी गरेका थिए ।