मोरङ र झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

मोरङ र झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर । मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् ।

शनिबार दिउसो साढे ४ बजे विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागुऔषध ब्राउन सुगर ०.५७ ग्राम सहित पक्राउ गरिएको थियो।

त्यसैगरी शनिबार राती ८ बजे झापाको दमक नगरपालिका ८ स्थित सब्जीलाईनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई लागुऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्