डिजेल खपत गरिहेका उद्योगमा सौर्य उर्जा प्रयोग बारे विराटनगरमा छलफल

डिजेल खपत गरिहेका उद्योगमा सौर्य उर्जा प्रयोग बारे विराटनगरमा छलफल

विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने विषयमा उद्योगी÷व्यवसायीहरुसँग सोलार रुफटप सम्वन्धी अन्तरक्रिया भएको छ । सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा विराटनगरमा कार्यक्रम भएको हो ।

उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले सौर्य उर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक उर्जा भएको वताउँदै पर्याप्त विद्युत उपलब्ध नभईरहेको अवस्थामा यसको प्रयोग बढाउन सकिने बताएका थिए । सौर्य उर्जाको उपलब्धता उद्योग संचालनका लागि उत्तम विकल्प हुने वताउदै यसको प्राविधिक पक्षलाई विश्लेषण गरी जडान गर्नुपर्ने धारणा राखे । विश्वव्यापी रुपमा भईरहेको वातावरणीय प्रदुषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनिकरणमा समेत सौर्या उर्जा उपयोगी भएकाले यसको प्रयोगलाई सरकारले समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका सौर्य उर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा संचालित परियोजनाको प्रमुख उद्देश्य सौर्य उर्जाको प्रवद्र्धनका माध्यमबाट कार्वन उत्सर्जनमा कमी ल्याउनु रहेको वताए । उनले यसको कार्यान्वयन पक्षमाथि प्रकाश पार्दै यो प्रविधि उद्योग स्वयंले आफनै खर्चमा जडान गर्नसक्ने वा अन्य पक्ष मार्फत जडान गराई आफुलाई आवश्यक उर्जा किनेर उपयोग गर्न सक्ने जानकारी गराए ।

परियोजनाका डेपुटि टिम लिडर खेमराज भण्डारीले यसको प्राविधिक र आर्थिक पक्षका विषयमा जानकारी दिदै सौर्य उर्जाको प्रयोगबाट उद्योगहरुले डिजल खपत घटाउन सक्ने वताए । उनले यस प्रविधिबाट गुणस्तरीय विद्युत उपलब्ध हुनुका साथै प्रति युनिट दर सस्तो पर्न जाने भएकाले उद्योगको खर्च न्यूनिकरणमा समेत सहयोगी हुने स्पष्ट पारे ।

परियोजनाको वातावरणीय र सामाजिक विज्ञ अनुसुया जोशीले सौर्य उर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने धारणा राखीन । एक मेगावाट भन्दा माथिको सौर्य उर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औल्याउदै उनले आर्थिक पक्षबाट यो प्रविधि उपयुक्त भएको वताईन ।

कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरु र विभिन्न उद्योग प्रतिष्ठानका संचालक व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्