काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे नि:शुल्क उपचार सुरू

<span class='c1'>काेशी प्रदेशका १० वर्षमुनिका</span> <span class='c2'>बालबालिकाकाे नि:शुल्क उपचार सुरू</span>

विराटनगर । काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ ।

मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकाेटाले नाेबेल शिक्षण अस्पतालबाट साेमबार अैापचारिक रूपमा बालबालिकाहरूकाे निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । ´प्रदेश सरकारकाे निःशुल्क उपचार सेवा काेशी प्रदेशमा स्थायी बसाेबास गर्नेले मात्रै पाउने छन्,` उनले भनिन्, ´निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिककाे स्वास्थ्य चाैकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिककाे अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएकाे अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी ताेकिएकाे अस्पतालमा उपचारका लागि आउनुपर्छ ।`

निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाकाे स्थायी बसाेबास भएकाे खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकाेटाले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले ताेकेबमाेजिमकाे अैाषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएकाे देवकाेटाले बताइन । झापाकाे भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेकाे बालराेग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेकाे उनले सुनाइन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएकाे बजेटमा १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचारकाे याेजना ल्याएर कार्यान्वयन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्