पारस हस्पिटल र गिरी फाउण्डेशनबीच स्वास्थ्य शिविर संचालनमा सम्झौता

<span class='c1'>पारस हस्पिटल र गिरी फाउण्डेशनबीच</span> <span class='c2'>स्वास्थ्य शिविर संचालनमा सम्झौता</span>

विराटनगर । विराटनगर ११ महेन्द्रचौक दक्षिणमा रहेको पारस हस्पिटल र गिरी फाउण्डेशनबीच स्वास्थ्य उपचार शिविर संचालनको लागि सम्झौता गरिएको छ ।

पारस मल्टीस्पेशियलिटी हस्पिटल प्रा.लि ले सोमबार हस्पिटलमा एक कार्यक्रम आयोजना गरी दुवै पक्षले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरी स्वास्थ्य शिविर संचालन गर्ने सम्झौता भएको हो ।

विराटनगर –८ मा रहेको गिरी फाउण्डेशनले ‘हाम्रो समाज हाम्रो कर्तब्य ’ भन्ने नारा सहित विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । गिरी फाउण्डेशनले विराटनगरका १९ वटै वडामा स्वास्थ्य शिविर गर्ने गिरी फाउण्डेशनका संस्थापक अभिषेक गिरीले बताए । यसका लागि स्वास्थ्य चिकित्सक र प्राविधिक कुराहरु हस्पिटलले व्यहोर्ने र फाउण्डेशनले शिविरको लागि स्थानीय ठाउँहरुको लागि प्राविधीक सहयोग जुटाउने जनाइएको छ । स्वास्थ्य शिविरमा छनौट भएका बिरामीहरुलाई उपचारमा २५ प्रतिशत छुटको व्यवस्था गर्ने समेत अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविरमा छनोट भएका बिरामीहरुलाई अप्रेशनमा ५० प्रतिशत, बिरामीहरुलाई भर्ना गरेर उपचार वा अप्रेशन गर्नु परेमा निज बिरामीलाई औषधिमा १० प्रतिशत छुट दिईने अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारायण मेहताले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अस्पतालले अप्रेशन, बेड भर्ना, मेडिसिन, डा. राउण्ड, भर्ना शुल्क, प्याथोलोजी, एक्स-रे, मुटुको चेक गर्नु पर्ने अवस्थामा ५० प्रतिशत छुट समेत प्रदान गरिएको हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्