एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

<span class='c1'>एभरेष्ट स्पोर्ट्स</span> <span class='c2'>मीट सम्पन्न</span>

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न भएको छ ।

माघ ९ गतेदेखि सुरू भएको स्पोर्ट्स मीट माघ १५ गते विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो ।

कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेता विद्यार्थीलाई सोमबार वितरण गरिएको विद्यालयकी अतिरिक्त क्रियाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार कक्षा ७ र ८ का विद्यार्थीहरूको शनिबारदेखि सोमबारसम्म विभिन्न स्पर्धाहरू सम्पन्न भए । जस अन्तर्गत १०० मिटर दौड छात्रतर्फ कक्षा ७ बाट अरमान खान प्रथम, सुलक्ष अर्याल द्वितीय र सुग्यान गौतम तृतीय हुँदा कक्षा ८ बाट रुपक दाहाल प्रथम, अमन यादव द्वितीय र इन्द्रनारायण यादव तृतीय हुनुभयो ।

१०० मिटर दौडमै छात्रा तर्फ कक्षा ७ बाट कृषु खनाल प्रथम, मान्यता बस्नेत दित्तिय र कुमकुम मिश्र तृतीय हुनुभयो भने सोही स्पर्धामा कक्षा ८ बाट सिम्रन चौधरी प्रथम, प्रीतिस्मा कोइराला द्वितीय र प्रविग्या कोइराला तृतीय हुनुभयो । २०० मिटर दौडमा छात्र तर्फ कक्षा ७ बाट मो. अरमान खान प्रथम, अच्युत गिरी द्वितीय र अपूर्व भुजेल तृतीय हुनुभयो भने कक्षा ८ बाट अमन यादव, दिवाकर मण्डल र आशिशकुमार यादव क्रमश: प्रथम, द्वितीय र तृतीय हुनुभयो । सोही स्पर्धामा छात्रा तर्फ कक्षा ७ बाट कृषु खनाल, आस्ना सेढाई र कुमकुम मिश्र प्रथम, द्वितीय र तृतीय हुनुभयो ।

सटपुटमा कक्षा ७ बाट छात्र तर्फ आयुष चौधरी, सुलक्ष दाहाल र यूकेश निरौला तथा कक्षा ८ बाट तेरन्ज चौधरी, अमन यादव र लेखनाथ साह क्रमशः प्रथम द्वितीय र तृतीय हुनुभयो । सोही स्पर्धाको छात्रा तर्फ कक्षा ८ बाट प्रविग्या कोइराला प्रथम, युक्रीशा यादव द्वितीय र रितिका पोखरेल तृतीय हुनुभयो ।
म्याथ रेसमा छात्रा तर्फ कक्षा ७ बाट अनन्या रौनियार, मान्यता बस्नेत र अबिलासा भगत तथा कक्षा ८ बाट ज्योति झा, पल्वसा चौधरी र सालरिका मिश्र क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । ट्रीपल जम्पमा ओनस प्रधान प्रथम, आशिशकुमार यादव द्वितीय र इशान यादव तृतीय हुनुभयो ।

यस्तै कबड्डीमा छात्रा तर्फ कर्णाली हाउसबाट सुबिक्षा कोइराला, ज्योति झा, सिम्रीका निरौला, संस्कृति थापामगर सी, सिम्रन चौधरी, सेबिका कटुवाल, अक्षता उपाध्याय, निश्मा कार्की र प्रतिष्ठा कटुवालको समूह प्रथम भयो भने अभिलाशा भगत, सोफिया राई, मान्यता भट्टराई, अनिमिशा श्रेष्ठ, एन्जिला खड्गी, अनुश्का भण्डारी र प्रीया शाही ठकुरीको मेची हाउस द्वितीय भयो । कबड्डीकै छात्रतर्फ अनिरुद्र सेढाई, तेरन्ज चौधरी, आशिष यादव, लेखनाथ साह, अरमान खान, आदित्य तिम्सिना, आभास नभदेत, रासिद इर्साद, आदित्यकुमार साह र मिर्गेन्द्र सुवेदीको समूह प्रथम हुँदा मिसन खड्का, सिद्धान्त ढकाल, फरहान आलम, प्रभाव आचार्य, रुपक दाहाल, रितेश यादव, कृष्णबाबू दाहाल, शशिशेखर बानिया, आशुतोष प्रताप सिंह र आरोग्री बरालको समूह द्वितीय भयो ।

यस्तै ज्याभ्लिन थ्रो मा आदित्यकुमार साह प्रथम, प्रीन्स चौधरी द्वितीय , आरोग्य थापा मगर तृतीय हुनुभयो । स्पोर्ट्स मीट अन्तर्गत लङजम्पमा छात्र तर्फ कक्षा ७ बाट अभय थापामगर, पुष्पराज मेहता र धर्म तामाङ तथा कक्षा ८ बाट मिर्गेन्द्र सुवेदी, अमन यादव र तेरन्ज चौधरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । सोही स्पर्धामा छात्रातर्फ अल अफिया अलि प्रथम, इक्रीया अख्तर द्वितीय र अभिलाषा भगत तृतीय हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्