विराटनगर । विराटनगर १० स्थित न्युरो हस्पिटल आसपासका सडकमा अव्यवस्थित रुपमा रहेका पार्किङलाई हटाईने भएको छ ।
अस्पतालमा बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामीको लागि समस्या देखिएपछि सो क्षेत्रका पार्किङलाई हटाईने भएको हो ।
न्युरो अस्पतालले मोरङ ट्राफिक प्रहरीसँग समन्वय गरी अस्पताल अगाडी पार्किङमा राखिएका सबै सवारी साधनलाई हटाउने तयारी गरेको छ।
साँघुरो बाटोमा अव्यवस्थित रुपमा जथाभावी राखिएका सबै सवारी साधन हटाउन लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
न्युरो हस्पिटलमा आउने एम्बुलेन्स र अन्य सेवाग्राहीको लागि छुटै पार्किङको व्यवस्था गरेको छ ।