दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता मोरङमा हुने

दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता मोरङमा हुने

विराटनगर । दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ ।

डोरीतान संघ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा आयोजना हुन लागेको प्रतियोगिता यसअघि माघ २६ र २७ गतेलाई तय भएको थियो ।

डोरीतान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेका अनुसार व्यवस्थापनको तयारी पूरा भइनसकेको तथा केही प्राविधिक कारणले प्रतियोगिताको मिति सारिएको हो ।

राष्ट्रिय प्रतियोगितामा तीनवटा विभागीय र ७ वटा प्रदेशका टिमसहित १० वटा टिमले सभागिता जनाउने अध्यक्ष न्यौपानेले बताइन् ।

उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी पाउनेछन् ।

उपविजेताले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यसअघि कात्तिकमा बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागिता जनाएको नेपालले विजयी भएको थियो ।

नेपालले मलेसिया र बैंककमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा हासिल गरेको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्