विराटनगरमा सडक छिचोलेर निस्कन्छ पानी, भासिने डरमा हुन्छन् सवारी

<span class='c1'>विराटनगरमा सडक छिचोलेर निस्कन्छ पानी,</span> <span class='c2'>भासिने डरमा हुन्छन् सवारी</span>

विराटनगर । विराटनगर–१० न्यूरो हस्पिटल नजिक शंखरधर साख्वा मार्गमा हप्ता दिन अगाडीदेखि सडक छिचोलेर पानी निस्किरहेको छ । पानी सप्लाईको पाईप जमिनमुनी फुटेर कालोपत्रे छिचोल्दै सडकभर बगिरहेको छ । सडकमा पानी बगिरहेको कुरा स्थानीयले विराटनगर महानगरपालिका र खानेपानी संस्थानलाई जानकारी समेत गराएका छन् । तर, महानगरलाई सडकको माया लागेन, खानेपानी संस्थानलाई पानीको !

स्थानीयवासी प्रविनकुमार साहका अनुसार एक हप्तादेखि सडक र पानीको अवस्था बारे जानकारी दिदाँ मर्मत गर्ने निकायले वास्तै नगरेको हो । बारम्बार पानी निस्किएर सडकमा बग्दा कालोपत्रे कमजोर हुने र भत्कने संभावना हुन्छ । त्यति मात्रै नभई जमिनमुनीबाट पानी निस्कदा भित्री खण्ड कमजोर भएर सवारी भासिने जोखिम समेत उतिकै रहन्छ । ‘सबै कुरा सम्बन्धित निकायलाई भने पनि सुन्नेवाला छैन’ साहले भने–चासो नदिदाँ फाइदा के देख्छ थाहा छैन ।

केही समय अगाडी विराटनगर–९ को सातघुम्ती रोड नजिक समेत यस्तै अवस्था रहेको थियो । त्यहाँ पनि तीन महिनासम्म पानीले सडकलाई भिजायो । अहिले पाइप फेरिएको छ, लगातार भिजेको सडकमा सवारी गुडेका कारण भत्कन समेत थालेको छ । विराटनगर–१० पिपलचौकमा गुड्दै गरेको टिपर दुईवर्ष अगाडी भासिएको थियो । काठमाण्डौंमा समेत केहिदिन अगाडी एउटा बस गुड्दागुदै भासिन पुगेको थियो । यी सबैको कारण सडक बनेको भित्री खण्ड कमजोर हुनुलाई मानिन्छ । जमिनमुनीबाट पानी निस्कदा समेत भित्री खण्ड कमजोर हुने भएकोले सडकमा गड्दै गरेको सवारी भासिने संभावना नहोला भन्न सकिदैन ।

स्थानीय साहका अनुसार न्यूरो नजिक पाइप फुटेर पानी निस्केपछि हिलो भएको सडकमा सवारी दुर्घटना हुँदा तीनजना घाईते समेत भएका थिए । पाइप फुट्नु सामान्य कुरा हो । पाइप फुटेपछि पानीले निकास खोजेर सडकमा निस्कनु पनि सामान्य नै हुन्छ । तर, समस्या आईसकेपछि त्यसको समाधान गर्ने निकाय मौन बस्नु चाँहि हदैसम्मको कमजोरी मानिन्छ । नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष कुमार रोनियारले पुरानो पाइप भएका कारण धेरै लिकेज हुने समस्या रहेको दावी गरेका छन् । उनले रेन्बो गल्लीमा पानी आपूर्ति नभएका कारण सडक खन्नु परेको सुनाउँदै भने चाँडै फुटेको पाइप फेर्नेछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्