विराटनगरका युवाहरुले दीर्घकालीन योजनासहित शनिबार नहर सरसफाइ गर्ने

विराटनगरका युवाहरुले दीर्घकालीन योजनासहित शनिबार नहर सरसफाइ गर्ने

विराटनगर । मोरङ सिचाइ योजना अन्तर्गतको हाइवे पश्चिम नहर विराटनगरका युवाहरुले दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने भएका छन् ।

विराटनगर महानगरपालिकाको सहयोगमा युवाहरुको समुह 'अचेत नागरिक समुह' र ' पाइला परिवर्तनको लागि' को संयुक्त आयोजनामा विभिन्न चरणमा जनचेतना र दबाब मुलक कार्यक्रमसहित नहर सरसफाइ बृहत अभियान संचालन गर्न लागेकोको अचेत नागरिक समुहका अध्यक्ष सविन साइमन घिमिरेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा माघ २० गते नोबेल गेटदेखि केशलीया मार्गको पुलसम्म पुर्ण रुपमा सरसफाइ, रङरोगन , बोटविरुवा रोप्ने, बारबेर गर्ने काम गरी सो क्षेत्रलाई नमुना नहर बनाउने र त्यसको नियमित संरक्षण र निरिक्षण गरिने र प्रत्येक शनिबार सरसफाइ अभियान संचालन हुने बताए ।

दोस्रो चरणमा सोहि नमुना नहर अनुरुप विराटनगरका अन्य क्षेत्रमा पनि स्थानीयको सहभागिमा नहर सरसफाइ गर्दै लैजाने घिमिरेले जानकारी दिए। यसरी युवाहरुको पहलमा नहर सरसफाइ गर्ने क्रममा पुन: फोहोर हुन नदिन वडा तथा महानगरको सरसल्लाह र सहकार्यमा नहर फोहोर गर्नेलाई कारबाहीको लागि पनि युवाहरुले पहल गर्ने 'पाइला परिवर्तनका लागि' का अध्यक्ष ग्याल्जेन डुक्पा लामाले बताउछन।

त्यसका साथै नहर सरसफाइ बृहत अभियान गरिरहदा आवश्यक परेको खन्डमा सरोकारवालालाई खबरदारी गर्न विभिन्न दबाबमुलक कार्यक्रम पनि गरिने संयोजक संजयबाबु शर्माले बताए।

केहि समय नहर सफा गरेर मात्र नहर सफा नहुने हुँदा दीर्घकालीन योजनासहित अगाडि बढ्ने युवाहरुको योजना रहेको छ। स्थानीय सरकार ,विभिन्न निकाय तथा सरोकारवालाको सहकार्यमा गर्न सकिने दीर्घकालीन योजनाहरुमा नहर सरसफाइ सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु प्रत्यक्ष तथा संचार माध्यमबाट निरन्तर गर्ने ,फोहोरलाई मोहोर बृहत कार्यक्रम , कुहिने फोहोरबाट घर घरमा मल बनाउन सिकाउने र सोहि मल खरिद गर्ने , नकुहिने फोहोरबाट पनि विभिन्न वस्तुहरु बनाउने तालिम प्रदान गर्ने लगायतका योजनाहरु रहेको अचेतका समुहका अध्यक्ष घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्