विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित

<span class='c1'>विराटनगर जुनियर जेसिजको अध्यक्षमा</span> <span class='c2'>गौरव कर्ण निर्विरोध निर्वाचित</span>

विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा गौरव कर्ण निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगर जेसिजको सभा हलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २९ औ अध्यक्षका रुपमा कर्ण निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा ओम जोगी, आदर्श कोइराला र आरबी तिमल्सिना, उपाध्यक्षमा मदन नेपाल, श्रीजेश कट्टेल, रक्षिता तिमल्सिना र आयाम पोखरेल निर्वाचित भएका छन्। भने जनसम्पर्क अधिकारीमा नितान्त लाल वैद्य तथा तालिम संयोजकमा अमन मण्डल चयन भएका छन्।

नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा आयुशा खतिवडा, महासचिवमा दिया बानिया, कोषाध्यक्षमा विधान क्षेत्री, सह सचिवमा प्रवेशिका अधिकारीलाई नियुक्त गर्दै आफ्नो बोर्डलाई पुर्णता दिएका थिए। भने अपोइन्टिजहरुमा सार्थक गौतम, शशांक अर्याल, आयुष कार्की र आदित्य कोइराला रहेका छन्।

विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष सन्देश दास श्रेष्ठले लामो यात्रा तय गरेको जुनियर जेसिजलाई नयाँ उचाइ दिन नवनिर्वाचित अध्यक्ष गौरव सक्षम रहने कुरामा आफु विश्वस्त रहेको र आफ्नो साथ सदैब रहने भन्दै शुभकामना दिएका थिए।

उक्त कार्यक्रममा विराटनगर जेसिजका अध्यक्ष तुलसी निरौला, जेसिजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष प्रितेश राज दाहाल, कार्यकारिणी उपाध्यक्ष प्रवेश दुलाल, उपाध्यक्ष प्रतिक्षा न्यौपाने, अर के मण्डल, महासचिव प्रशान्त घिमिरे, जुनियर जेसीज कोर्डिनेटर कविराज दाहाल, विराटनगर जुनियर जेसिजका पुर्व अध्यक्ष सनराइज चौधरी लगायतको उपस्थित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्