मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट : होराइजन र झोराहाट विजयी

मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट : होराइजन र झोराहाट विजयी

विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लब र होराइजन क्रिकेट ब्लब विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ७६ रनमा सीमित भयो । जस्मा प्रशन्न माथेमाले सर्वाधिक २६ रन बनाए ।

झोराहाटका म्यान अफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए ।

७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाई सो लक्ष्य भट्टाएको थियो । जस्मा अलि अन्जरले सर्वाधिक नटआउट १७ रन बनाए । विराटनगरका रवि शर्माले सर्वाधिक २ विकेट लिए ।

दोस्रो खेलमा होराइजनले उर्लाबारी क्रिकेट क्लवलाई १७ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुजन भट्टराईले नटआउट ३६ रन बनाउँदा अमित भट्टराईले २७ रन बनाए । उर्लाबारीका चन्द्र खत्री र सुशील अग्रवालले समान २–२ विकेट लिए ।

१ सय २ रनको विजयी लक्ष्य पछ्याएको उर्लाबारी २३ ओभरमा सवै विकेट गुमाई ८४ रन बनायो । जस्मा विशेष खत्रीले सर्वाधिक २६ रनको योगदान दिए । विराटनगरका सुशान्त बस्नेतले ३ विकेट लिँदा लविस भण्डारी र श्रवण मण्डलले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्