विराटनगर । विराट गोल्डकप ट्रष्टको अध्यक्षमा किशोरबहादुर शाही निर्वाचित भएका छन् । शनिबारको साधारणसभाले यस अगाडीका वरिष्ठ उपाध्यक्ष शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साधारणसभाले ११ सदस्यीय समिति समेत चयन गर्दै सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा किशोर तिम्सिना, महासचिव दिनेश बस्नेत, सचिव ध्रुवप्रसाद सिग्देल, सहसचिव बिमल राजभण्डारी, कोषाध्यक्ष अनुज बाँनियालाई चयन गरेको छ । समितिको सदस्यहरुमा मधुसुधन खनाल, राजेश हमाल ठकुरी, शंखर खरेल, कुमार महर्जन र धनकुमार लामा चयन भएका छन् । समितिमा चारजना सदस्य थप गर्न पाउने प्रावधान अनुसार शनिबार बसेको पहिलो बैठकले किरण गिरी, अरुण लामा र मदन काफ्लेलाई सदस्यमा थप गर्ने निर्णय गरेको छ ।
ट्रष्ट सञ्चालन समिति १५ सदस्यीय हुने प्रावधान रहेको छ । ट्रष्टका ५१ जना सदस्य छन् । जसमा ३५ जनाले मात्रै नविकरण गरेका छन् । विराट गोल्डकप ट्रष्टले आठौं संस्करणको विराट गोल्डकप फुटबल टुर्नामेन्ट आगामी फागुनको अन्तिम साता आयोजना गर्नका लागि एन्फाले सुझाव दिएको छ । ट्रष्टले फागुन दोस्रो सातालाई समय माग गरेकोमा सेड्युल मिलान गर्नुपर्ने भएकोले एन्फाले फागुन अन्तिम साता वा चैतको पहिलो हप्तासम्ममा गर्न भनेको हो ।