विराटनगर । कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन,‘ अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु ।’
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन जरुरी रहेको बताएका हुन् ।
मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रमको आइतबार उद्घाटन शत्रमा उनले राखेको मन्तब्य ।
क्यान्सरबाट सबै मानिस पर रहोस् । क्यान्सर रोग असाध्यै प्राण घातक रोग हो । यसबाट बच्न सक्नुपर्दछ । क्यान्सर लाग्नु भनेको मृत्यदण्ड पाए सरह हो । मैले मेरो श्रीमति क्यान्सर रोग लागेर मृत्यु भएपछि प्रत्यक्ष भोगेको अनुभूति हो । क्यान्सर लागेपछि उपचार पनि खर्चिलो हुन्छ । पैसाको खोला बगेजस्तो हुन्छ । कतिपय मान्छेको घर खेत जादो रहेछ । श्रीमतीको उपचारमा निरन्तार लागी परे । उपचारमा विदेश पनि लगे । ६ वर्षसम्म उपचार गरेर टिकाए । त्यसपछि सकिन । त्यसकारण पनि क्यान्सर रोड मलाई असाध्य डर लाग्छ ।
पाँच जनामा एक जनामा क्यान्स लाग्ने भन्ने सर्वेक्षणबाट सुनेको छु । यो सुनेर झन मलाई डर लाग्ने गर्दछ । त्यसैले यो रोग लाग्न दिनु हुदैन । क्यान्स रोग लाग्न नदिन जनचेतनाको जरुरी छ । अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु । त्यसैले अहिले विराटनगरमा छु ।
मेरो श्रीमतीलाई ९९ सय वटा किमो थेरापी दिएको थिए । त्यस बाहेक मुखबाट खाने औषधी कति हो कति । त्यसको गणना नै छैन । एक महिनमा ९ लाख रुपैयाँसम्म खर्च हुने औषधी पनि खुवाए । जापनबाट ल्याएर खुवाएको थियो औषधी । मेरो छोराको साथीले उक्त औषधी दिएका थिए । श्रीमतिको उपचारमा मैले थुप्रै चिकित्सकहरुको साथ सपोट पनि पाए । त्यसबेला नेपालमा पेट स्क्यान गर्ने उपकरण थिएन । पेट स्क्यानको लागि विदेश जानुपर्ने अवस्था थियो । स्वदेशमा नपाएपछि बैंकङ गएका थियौं । त्यसबेला १ लाख ३४ हजार रुपैयाँ पेट स्क्यानमा खर्च भएको थियो ।