विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बृहत छलफल

विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बृहत छलफल

विराटनगर । विराटनगरमा डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा बृहत छलफल सम्पन्न भएको छ ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित कोशी मिनी यन्त्र २.० इभेन्टको अवसरमा ४ प्यानलिस्टसहितको बृहत छलफल सम्पन्न भएको हो ।

प्यानल डिस्कसनमा सहभागी बीच वर्तमान युगमा डेटाको गोपनियता र स्वामित्व, डेटा गोपनियता संरक्षणका तरिका र सरोकारवाला तथा गोपनियता संरक्षणको आधारभूत हकाधिकार बारे छलफल गरिएको थियो ।

५ हजार भन्दा बढी व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहेको उक्त कोशी मिनी यन्त्र २.० इभेन्टमा यस प्यानल डिस्कसनका लागि ६ सय भन्दा बढी विद्यार्थी, शिक्षाविद् , विशेषज्ञ तथा बुद्धिजीवीहरुको सक्रिय सहभागिता रहेको स्टुडेन्ट फर लिबर्टीका पूर्वका संयोजक स्वराज्ञराज पाण्डेले जानकारी दिए ।

कसरी आजको युगमा डेटा चोरी र गोपनियता हनन् जस्ता समस्याले बृहत रुप लिई कुन कुन तहका मानिसहरुलाई कुन कुन तरिकाले असर पार्दैछ भन्ने जानकारीमा बहुआयामिक प्यानलिस्टबीच छलफल भएको उनले बताए ।

छलफल कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेशनका विराटनगर शाखाको ब्रान्च म्यानेजर सुरज दाहालले इन्टरनेट सेवा प्रयोग तथा डेटा सुरक्षामा कसरी आइएसपीहरुले भूमिका खेल्छन् र कसरी हरेक प्रयोगकर्ता यसबारे अवगत रहनुपर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।

डिजिटल युगमा व्यक्तिगत स्वतन्त्रता तथा गोपनियता शीर्षकमा स्वतन्त्रताका लागि विद्यार्थीहरुका स्थानीय संयोजक सरोज बानियाको नेतृत्वमा सम्पन्न भएको छलफलका ४ प्यानलिस्टमा रोबोटिक्स एसोसिएशन अफ नेपालका अध्यक्ष इन्जिनियर बिनिलराज अधिकारी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका बिआइटी निर्देशक तथा डिपार्टमेन्ट अफ फिजिक्सका तर्फबाट प्रा.डा. सशितकुमार यादव, स्वीस कन्ट्याकका कन्सलटेन्ट तथा स्टुडेन्ट फर लिबर्टीका पूर्व स्थानीय संयोजक स्वराज्ञराज पाण्डे र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनका विराटनगर शाखाका ब्रान्च म्यानेजर सुरज दाहालको सहभागीता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्