‘समुदायमा कांग्रेस’ अन्तर्गत विराटनगर–९ को कार्यक्रममा भाँडभैलो

<span class='c1'>‘समुदायमा कांग्रेस’ अन्तर्गत विराटनगर–९</span> <span class='c2'>को कार्यक्रममा भाँडभैलो</span>

विराटनगर । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा विराटनगर भित्रै लफडा भएको छ । शनिबारदेखि सुरु भएको कार्यक्रम अन्तर्गत आइतबार विराटनगर–९ मा लफडा भएको हो ।

सहभागीमध्ये संघीय निर्वाचन ६ अन्तर्गत प्रदेश (ख) क्षेत्रका सदस्य सुनिल दाहालले वडा अध्यक्ष र बुथसभापतिबीच तालमेल नभएको, महानगरपालिकाबाट सेवानिवृत कर्मचारीलाई पुनःविभिन्न बहानामा नियुक्ति गरिएको, विकास निर्माणका काममा चासो नभएको कुरा उठाएका थिए । त्यस क्रममा वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगतले आफु विरुद्ध अख्तियारमा उजुरी हालेर हैरानी पारेको आरोप लगाउँदै दाहाललाई हप्कीदप्की गरेका थिए । त्यसपछि कार्यक्रममा भाँडभैलो भएर रोकिएको थियो ।

विराटनगरमा फोहोर पानी तथा ढल निकास योजना फेल भएको र यसबाट नागरिकले पाउने सेवा नपाएपनि शुल्क बुझाउनु परेको भन्दै त्यसलाई सच्याउनु पर्ने सुझाव समेत दिइएको थियो । तर, सुझाव संकलन गरेर त्यसको समिक्षात्मक टिप्पणी गर्न नपाईकन वडास्तरको कार्यक्रम रोकिएको थियो ।

‘वडा अध्यक्ष र मेयरको मिलेमतोमा धेरै काम बिग्रदै गएको छ’ काँग्रेसका एक नेताले भने–त्यसको विषय उठाउँदा कार्यक्रममै ‘आईलाग्ने’ अवस्था सिर्जना हुन थालेको छ । विराटनगर महानगरपालिकाबाट सेवा निवृत्त भई उपदान बुझेका पूर्व कर्मचारीहरुलाई अहिले पुनः वडाका विभिन्न तहमा नियुक्त गर्नु गलत भएको भन्दै युवाहरुले अवसर बाँडफाँड हुनुपर्ने माग गरेका थिए । कर्मचारी हुन्जेल तलव भत्ता खाएर सेवानिवृत्तपछि उपदान र पेन्सन पाएपछि पुनः नियुक्त हुने अवसर सिर्जना गर्न नहुने सहभागीको सुझाव थियो ।

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने लक्ष्य राखिएको छ । वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गर्ने पार्टीको तयारी छ।

काँग्रेसको कार्यक्रम विराटनगर महानगरपालिकाको वडा कार्यालयमा भएको थियो । बुथसभापति अनुजा कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य अशोक रिजाल प्रमुख अथिति भएर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्