विराटनगरका तीन खेल मैदानमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट

<span class='c1'>विराटनगरका तीन खेल मैदानमा माघ २६</span> <span class='c2'>देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट</span>

विराटनगर । विराटनगरका तीन खेल मैदानलाई आधार बनाएर आगामी माघ २६ गतेदेखि २८ गतेसम्म १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, मोरङको आयोजनामा शहीद रंगशाला, एभरेष्ट स्कूल र विराटनगर जुट मिलमा खेलहरु आयोजना गरिने भएको हो ।

प्याब्सन मोरङले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी स्पोर्ट्स मिटमा जिल्ला भरीका २१० सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने जानकारी दिइएको छ । अध्यक्ष प्रेमलालसिंह सुवालका अनुसार प्रत्येक वर्ष हुने प्याब्सन स्पोर्ट्स मिट निजी विद्यालयहरुको कुम्भ मेलाको रुपमा भव्य र सभ्य बन्नेछ ।

‘मोरङ जिल्लाभरीका प्याब्सनमा आवद्ध भएका निजी विद्यालयहरुले प्रतियोगितामा भाग लिनेछन् । तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङगल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ । भलिबल छात्र÷छात्रा दुवैतर्फको हुने सचिब जगत बस्नेतले जानकारी दिए । यसैगरी प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल पनि हुनेछ । फुटबलमा पालिकाबाट विजय भएर आएका विद्यालयहरुले सहभागि हुनेछन् । यसअघि स्थानीय पालिका भित्र छनौट चरणको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ भईसकेको छ ।

यसैगरी कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुनेछ । प्रतियोगिताको एक दर्जन बढी खेलहरु सहिद मैदान, विराटनगर जुटमिलको खेलमैदान र एभरेष्ट कलेजको खेल मैदानमा हुने तय गरिएको छ । प्रतियोगिताको उद्घाटन रंगशालमा कोशी प्रदेशका प्रमखु पर्शुराम खापुङ्गले गर्नेछन् । प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि माघ २५ गते विहान ११ बजेदेखि प्रमोशन ¥याली पनि गर्ने अध्यक्ष सुवालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्