विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (बीसीसी) र ग्रामथान क्रिकेट क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा बीसीसीले होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २३ ओभरमा ७ विकेट गुमाई १ सय ११ रन बनाएको थियो । जस्मा सुजन भट्टराईले ४० रन बनाउँदा अनवर अन्सारीले १३ रन बनाए । बीसीसीका कृतिक कामत र अविशेक मण्डलले समान २-२ विकेट लिए ।
१ सय १२ रनको विजयी लक्ष पछ्याएको विसिसिले २० ओभरमा ५ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । जस्मा धिरज कामतले ३९ रन बनाउँदा अमन गुप्ताले २७ रन र कृतिक कामतदे नटआउट २२ रनको योगदान दिए । होराइजनका मनिस मण्डल,अमन मण्डल, सुजल भट्टराई, श्रवण मण्डल र लविस भण्डारी १-१ विकेट विकेट लिए ।
दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लबले जहदा क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २३ ओभरमा ९ विकेट गुमाई १ सय ११ रन बनायो । जस्मा विवेक मुखियाले १७ रन बनाउँदा विशाल मण्डलले १२ रन बनाए । ग्रमथानका पारस चौधरीले सर्वाधिक ५ विकेट लिए।
१ सय १२ रनको विजयी लक्ष्य पछ्याएको ग्रामथानले २२ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा म्यान अफ द म्याच अनिष विश्वकर्मा ४३ रन बनाउँदा विकाश कार्कीले १५रनको योगदान दिए । जहदाका आमोद मण्डल र पाण्डव मण्डलले २-२ विकेट लिए ।