विराटनगरको “ह्यापी आवर हेभेन” मा भ्यालेन्टाइन विक, प्रियजनको लागि स्पेशल टेवल बुक गर्न सकिने

विराटनगरको “ह्यापी आवर हेभेन” मा भ्यालेन्टाइन विक, प्रियजनको लागि स्पेशल टेवल बुक गर्न सकिने

फेब्रुअरी, प्रेमिल महिना होे । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको मनाइने यो महिना प्रेम गर्नेहरुको कुम्भ महिना हो । प्रेम दिवसको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर रेस्टुरेन्टले फेब्रुअरी ७ देखि फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे सम्म नै विशेष कार्यक्रम गरी मनाउने भएको छ ।

फेब्रुअरी १४ मा भ्यालेन्टइन डे साथै फेब्रुअरी ७ बाट यसको सुरुवात रोज डेबाट नै गरी साताव्यापी रुपमा ह्यापी आवर हेभेनमा बिशेष रुपमा मनाउन लागिएको हो।

"हेभेन भ्यालेन्टाइन विक" नाम दिएर रेस्टुरेन्टमा सांगीतिक कार्यक्रम, बिशेष खानाका परिकारका साथै आफ्नो नजिकका मान्छेको निम्ति टेवल बुक गरेर पनि मनाउन सकिने रेस्टुरेन्टका निर्देशक सरोज लम्सालले जानकारी दिए । उनका अनुसार उक्त सप्ताहमा युगल जोडी देखि पारिवारिक जमघटको लागि बिशेष प्रबन्ध मिलाइएको छ । प्रत्येक दिन नै प्रेमसंग जोडिएका संगीत संगै विभिन्न परिकारका व्यन्जन र पेय पदार्थसंगै रमाइलो वातावरणमा आफन्त, परिवारजन संग रमाउन मिल्ने वातवरण तयार पारिने लम्सालले जनाए ।

साथै भ्यालेन्टाइन डेमा विभिन्न रमाइला खेलहरू,क्यान्डल लाइट भ्यालेन्टाइन्स दिनर, बेस्ट कपल ड्रेस, बेस्ट कपल डान्स, कपल क्विज आदि विधामा विशेष उपहारको समेत व्यवस्था गरिएको उनले बताए ।

सांगीतिक माहोल र खाना दुवै मनपराउनेहरुको लागि उक्त रेस्टुरेन्ट अहिले धेरैको प्रिय बनेको छ । रेस्टुरेन्टको खुट्टी म:म, पोत्याटो स्टिक चिकन, मुस्तांङ चिकन, तामा चिकन, ओनियन रिङ लगायत भेज तथा ननभेज सबै खाना स्वादिस्ट रहेको छ। रेस्टुरेन्टमा साना बालबालिकाको लागि खेल्ने सामग्री समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्