खेलकुद सप्ताह अन्तर्गत एभरेष्ट स्कुलमा फुटबल प्रतियोगिता सुरु

<span class='c1'>खेलकुद सप्ताह अन्तर्गत एभरेष्ट</span> <span class='c2'>स्कुलमा फुटबल प्रतियोगिता सुरु</span>

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेन्डेरी स्कुलको वार्षिक खेलकुद सप्ताह अन्तर्गत आजबाट फुटबल प्रतियोगिता सुरु भएको छ ।

विराटनगर ५ मा रहेको एभरेष्ट स्कुलमा अहिले वार्षीक खेलकुद सप्ताह अन्तर्गत विभिन्न खेलकुदका कार्यक्रमहरु अहिले जारी छ ।

यसैबीच मंगलबारबाट ३ देखी ९ सम्मका ईन्टर हाउसका विद्यार्थीहरुबीच फुटबल प्रतियोगिता सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा कलेजका अध्यक्ष विनोद ढकाल,प्रिन्सीपल टिकाराम पुरी, भ्वाईस प्रिन्सीपल टिएन भण्डारी, निर्देशक राधा ढकाल, नारायण कडरिया तथा प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोईराला लगायतको उपस्थित रहेको थियो ।

उद्घाटन खेलमा स्काउटका विद्यार्थीहरुले मार्चपास गर्नका साथै देशभक्ती गीतमा नृत्य प्रस्तुत गरेर अतिथी तथा सहभागी विद्यार्थीहरुलाई आकर्षित पारेका थिए।

स्कुलमा रहेका ८ वटा क्लबहरुले विभिन्न प्रतियोगिता सहभागिता जनाईसकेको स्कुल अतिरिक्त क्रियाकलापकी ईन्चार्ज सुधा डंगोलले जानकारी दिईन। बाकी रहेको फुटबल प्रतियोगिताको फाइनल खेल माघ २५ गते हुने स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्