कोशी अस्पतालको भवन भत्काएको विषय विवादमा

कोशी अस्पतालको भवन भत्काएको विषय विवादमा

विराटनगर । कोशी अस्पताल विराटनगरमा पुराना संरचना भत्काएर दुई ठूला भवन निर्माण गर्ने क्रममा संघीय आयोजना कार्यान्वयन इकाई मोरङ र कोशी अस्पतालबीच तालमेल अभाव देखिएको छ । भवन निर्माणका लागि आवश्यक पर्ने साइड क्लियर गर्ने विषयमा अस्पताल प्रशासन र आयोजना कार्यान्वयन इकाईबीच तालमेल अभाव देखिएको हो ।

कोशी अस्पतालका नयाँ संरचना बनाउने स्थानमा रहेका पुराना संरचना हटाउँदा कानुनी प्रक्रिया पुरा नभएको विषय बाहिर आएपछि दुवै निकाय पन्छिन थालेका हुन् । नियमानुसार कोशी अस्पतालले आफ्नो संरचना हटाउन विभागिय मन्त्रालयसँग स्वीकृत लिएर आयोजना कार्यन्वयन इकाईमार्फत मूल्याकंन गराउनु पर्ने हुन्छ । तर, त्यसो नगरी बिना टेण्डर ६ वटा भवन भत्काएको विषय अहिले विवादमा परेको हो ।
अस्पतालको चार तले नयाँ भवन निर्माणस्थल आसपास रहेका चिकित्सक र कर्मचारी आवास बिना टेण्डर भत्काइएको छ । भवन भत्काएर त्यहाँ भएका काठ, इँटा, रड, टिनालगायतका सरकारी सम्पतिको संरक्षण नभएको भन्दै आलोचना समेत चुलिएको छ ।

चिकित्सक क्वार्टर छेउमा अस्पतालको नयाँ मेडिकल भवन निर्माण भइरहेको छ । ५ सय शैयाको र ४ तलाको भवन संघीय आयोजना कार्यान्वयन इकाईमार्फत केसी कन्सट्रक्सन फर्माले काम गरिरहेको हो । मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार रूपिँया लागत सम्झौतामा २०७९ पुस १३ गतेदेखि निर्माण सुरु भएको थियो । २०८२ पुस १२ गतेसम्ममा सम्पन्न गर्नुपर्ने भवनका आसपासका पुराना संरचना भत्काउने काम भने कानुन विपरित देखिएको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका सुचना अधिकारी इन्जिनियर अशोक रामले जवाफ आ–आफ्नै भएपनि नयाँ भवन निर्माणस्थल आसपासका भवन भत्काएर साइड क्लियर गर्ने जिम्मेवारी अस्पताल प्रशासनको भएको बताउनुभयो । उहाँले आयोजना कार्यन्वयन गर्ने स्थलमा देखिएका समस्याहरुको पहिचान गरेर सुझाव दिएपनि अस्पताल प्रशासन मौन बसेको आरोप लगाउनुभयो ।
कोश् िअस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालले आयोजना कार्यन्वयन गर्ने कार्यालयले भवन भत्काएको जानकारी दिनुभयो । उहाँले भवन भत्काउन स्वास्थ्य मन्त्रालयले तत्काल स्वीकृत नदिएका कारण जरुरी टार्ने काम भएको दावी गर्नुभयो । भवन भत्काईसकेपछि त्यसबाट निस्केका सामाग्रीको त्यसपछि टेण्डर निकालिने अध्यक्ष सिलवालको भनाई छ ।

पुराना संरचना सबै भत्काएपछि ३५० शै्याको अस्पताल २३४ शै्यामा खुम्चिएको मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाको भनाई थियो । उहाँले भवन निर्माण गर्ने पक्षसँग चाँड काम सम्पन्न गर्नका लागि आग्रह गर्दै आएको बताउनुभयो । त्यसैपनि एकवर्ष म्याद सकिएको छ, मेसु झाले भन्नुभयो–स्वास्थ्य मन्त्रालयसँग स्वीकृत लिएर काम गर्दा ढिला हुने देखिएपछि पहिले भवन भत्काउने काम भएको हो ।
नयाँ भवन निर्माणको नक्सा डिजाइन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा भत्काउने भनेर उल्लेख नगरिएका भवन समेत अहिले भत्काइएको आरोप छ । छ वटामध्ये दुईवटा भवन आंशिक भाग भत्काइने र अरु नभत्काइने भनिएको थियो ।

कोशी अस्पताल विकास समितिका पूर्व अध्यक्ष महेश भट्टरँर्यले नियम अनुसार निर्णय गरेर विभागिय मन्त्रालयको स्वीकृति पश्चात त्यसको मूल्यांकन गरेर बोलपत्र आह्वान गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयले राजस्व जम्माका लागि विकास समिति वा अस्पताल भनेर तोके आधारमा हुने बताउनुभयो । उहाँले मन्त्रालयको स्वीकृत बिना भवन भत्काएर टेण्डर पछि गर्ने भन्दा सरकारी सम्पतिमाथि हिनामिना हुनसक्ने संभावना रहेको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्