मोरङ जिल्लास्तरीय वी डिभिजन क्रिकेट : वीसीए र ग्रामथान फाइनलमा

मोरङ जिल्लास्तरीय वी डिभिजन क्रिकेट : वीसीए र ग्रामथान फाइनलमा

विराटनगर । मोरङ जिल्लास्तरीय वी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (वीसीसी) र ग्रामथान क्रिकेट क्लव फाइनलमा पुगेका छन् । फाइनलमा पुगेसँगै दुवै टिम ‘ए’ डिभिजनको श्रेणीमा उक्लिएका छन्।

मंगलबार सेमीफाइनलको पहिलो खेलमा वीसीसी मिल्स क्रिकेट क्लवलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १३ ओभरमा ३ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा पृथ्वी सुब्बाले २९ रन बनाउँदा विशाल ढकालले २४ रन बनाए । वीसीसीका अभिषेक मण्डलले १ विकेट लिए ।

९२ रनको विजयी लक्ष्य वीसीसीले ११.३ ओभरमा २ विकेटको क्षतिमा भेट्यो । वीसीसीका म्यान अफ म्याच राहुल चौधरीले अविजित ५२ रन, धिरज कामतले १७ र कृतिक कामतले नटआउट १२ रनको योगदान दिए । मिल्सका विशाल ढकालले १ विकेट विकेट लिए ।

दोस्रो खेलमा ग्रामथान क्रिकेट क्लवले बेलबारी क्रिकेट क्लवलाई २ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको बेलबारीले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाई १ सय १२ रन बनायो । जसमा प्रिवित भगतले २० रन बनाउँदा दीपेश सुवेदीले १७ रन बनाए । बलिङतर्फ ग्रामथानका आशिष गुप्ताले ३ विकेट लिँदा अनिश सापकोटाले २ विकेट लिए । १ सय १३ रनको विजयी लक्ष्य ग्रामथानले १९ ओभरमा ८ विकेट गुमाउँदै भेटेको हो । ग्रामथानका लागि म्यान अफ द म्याच सुमन श्रेष्ठ ३३ रन बनाउँदा अन्जर अलीले १५ रनको योगदान दिए । बलिङतर्फ बेलबारीका निमेश चापागाईले सर्वाधिक ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्